Home » » मोदीले नेपालसँगको सम्वन्ध बिगारेः लालुप्रसाद

मोदीले नेपालसँगको सम्वन्ध बिगारेः लालुप्रसाद


१४ मंसिर, काठमाडौं । भारतका पूर्वमन्त्री एवं
राष्ट्रिय जनता दलका अध्यक्ष लालुप्रसाद यादवले
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको
युगौंदेखिको सम्वन्ध विगारेको बताएका छन् ।
विहारमा हालै भएको विधानसभामा चुनावबाट
महागठवन्धनले दुई तिहाइ बढी सिट जितेको थियो
भने लालुको पार्टी सबैभन्दा ठुला दल बनेको छ ।
विहारमा नितिशकुमार मुख्यमन्त्री बनेका छन् ।
विधानसभा चुनावपछि पहिलो पटक नेपालबारे
धारणा सार्वजनिक गर्दै लालुले ट्वीट गरेका छन्-ठूलो
तामझामका साथ नेपाल गएका थिए । सम्वन्ध विगारे
। बाँकी देशसँग के होला ?’
उनले अर्को ट्वीटमा लेखेका छन्-‘नेपाल, जोसँग युगौं
युगदेखि हाम्रो रोटी बेटीको सम्वन्ध थियो,
त्यसलाई विगारेको छ । अब चीन प्रवेश गर्दैछ । र जनाब
(मोदी) विश्व भ्रमणमा छन् ।’

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved