Home » » मधेसी मोर्चाका नेता भेट्दै प्रधानमन्त्री ओलीले भने- मधेस आन्दोलनका माग पुरा हुन्छ,सबै मिलेर देश बनाउन लाग्नुपर्नेमा जोड...

मधेसी मोर्चाका नेता भेट्दै प्रधानमन्त्री ओलीले भने- मधेस आन्दोलनका माग पुरा हुन्छ,सबै मिलेर देश बनाउन लाग्नुपर्नेमा जोड...

काठमाडौँ, १४ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा
ओलीले अहिलेको परिस्थितिमा सबै मिलेर देश
बनाउन लाग्नुपर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ
सङ्घीय समावेशी मधेसी मोर्चाको ज्ञापनपत्र
बुझ्दै उहाँले अहिलेको समयमा आन्दोलनले कसैलाई
फाइदा नपुग्ने बताउँदै उहाँले समस्या समाधानका
लागि सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिनुभयो

जनसङ्ख्याका आधारमा प्रतिनिधित्व माग
प्रधानमन्त्री ओलीले आन्दोलनरत कुनै पनि पक्षलाई
एक्ल्याएर हिँड्ने पक्षमा आफू नरहेको र
राष्ट्रहितका लागि आवश्यक जेसुकै गर्न पनि तयार
रहेको मोर्चालाई बताउनुभएको प्रधानमन्त्रीका
मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालले
जानकारी दिनुभयो । रिमालका अनुसार
मोर्चाले प्रधानमन्त्री समक्ष यसअघि सार्वजनिक
गरेको नौबुँदे माग बुझाएको हो । उक्त मागमा
जनसङ्ख्याका आधारमा प्रतिनिधित्व, प्रदेश
सीमाङ्कनलगायत विषय छन् ।
मोर्चामा शरत्सिंह भण्डारी नेतृत्वको राष्ट्रिय
मधेस समाजवादी पार्टी, राजकिशोर यादव
नेतृत्वको मधेसी जनअधिकार फोरम नेपाल
(गणतान्त्रिक), अनिलकुमार झा नेतृत्वको नेपाल
सद्भावना पार्टी र जयप्रकाश गुप्ता नेतृत्वको
तराई-मधेस राष्ट्रिय अभियान आबद्ध छन् । मोर्चा
आबद्ध पार्टीका प्रमुखसहितको
प्रतिनिधिमण्डलले प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बुझाएको हो । रासस


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved