Home » » चीनबाट इन्धन ल्याउन यसकारण अड्कियो

चीनबाट इन्धन ल्याउन यसकारण अड्कियो


चीनको राजधानी बेइजिङमा चालु रहेको नेपाल
आयल निगमको प्राविधिक टिम र पेट्रो
चाइनाबीचको वार्ता सकारात्मक रुपमा अगाडि
बढिरहेको भएपनि कर छुटमा समस्या परेको वार्तामा
सहभागीले बताएका छन् । कान्तिपुर दैनिकमा समातनर
छ ।
नेपाल आलय निगमका निमित्त निर्देशक सुशील
भट्टराईले वार्ता सकारात्मक रुपमा अघि बढेको तर कर
छुटको विषयले वार्ता अलमलमा परेको बताए ।
प्राविधिक टोलीमा सहभागी अर्का सदस्य दीपक
बराल भने सोमबारै नेपाल फर्किएका छन् ।
प्राविधिक टोलीको काम लगभग सकिएकाले दीपक
बराल फर्किएका हुन् ।
बाँकी केही काम गर्नुपर्ने र पछि मन्त्रालयस्तरको
टोलीका लागि केही गृहकार्य गर्न बाँकी भएकाले
दूताबासको आग्रहमा आफू बेइजिङमा रहनु परेको
भट्टराईले बताए । पट्रोल र डिजेल आपूर्तिमा धेरै कुरा
सकारात्मक भएको र अब एलपी ग्यास आपूर्तिमा केही
कुरा हुन बाँकी रहेको उनले बताए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved