Home » » मोदीले बडो तामझामका साथ नेपालसँग युगदेखिको सम्बन्ध बिगारे : लालु यादव

मोदीले बडो तामझामका साथ नेपालसँग युगदेखिको सम्बन्ध बिगारे : लालु यादव


नेपालमा चीनले स्थान बनाएकोमा चिन्ता

काठमाडौं, १४ मंसिर । बिहारका पूर्वमुख्यमन्त्री
लालुप्रसाद यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र
मोदीले नेपालसँगको युगौ युगदेखिको सम्बन्ध
बिगारेको बताउनुभएको छ ।
सोमबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत
आक्रोश पोख्दै यादवले युगौंयुगदेखिको रोटी–
बेटी सम्बन्ध बिगारेर मोदीले नेपालमा चीन
प्रभाव बढाउने काम गरेको बताउनुभयो ।
यादवले ट्विट गर्दै भन्नभएको छ– ‘नेपाल, जोसँग
युगौंयुगको हाम्रो रोटीबेटीको सम्बन्ध थियो,
त्यो सम्बन्ध बिगारियो, अब त्यहाँ चीन प्रवेश
गर्दैछ र जनाब (मोदी) विश्व भ्रमणमा छन् ।’ लगत्तै
अर्को ट्विटमा उहाँले भन्नुभएको छ- ‘बडो
तामझामका साथ नेपाल गएका थिए तर सम्बन्धन नै
बिगारे । अरु देशसँग के होला ?’
विहारमा हालै सम्पन्न विधानसभामा चुनावबाट
सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय जनता
पार्टीका अध्यक्ष समेत रहनुभएका यादवले पहिलो
पटक नेपालबारे धारणा सार्वजनिक गर्नुभएको हो

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved