Home » » मोदीको उस्काहटमा मधेसी मोर्चाले राखेको माग पूरा हुँदैन : एमाओवादी

मोदीको उस्काहटमा मधेसी मोर्चाले राखेको माग पूरा हुँदैन : एमाओवादी

काठमाडौं, १४ मंसिर । एकीकृत माओवादीका
उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मधेसी मोर्चाले
उठाएका सम्पूर्ण माग पूरा हुन नसक्ने बताउनुभएको छ

उहाँले मधेसी मोर्चाका केही माग जायज भए पनि
अन्य माग मुलुकलाई दीर्घकालसम्म असर
पार्नेखालका रहेको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (सोमबार)
बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यक्ष
श्रेष्ठले सीमाङ्कन र नागरिकताको माग पूरा नहुने
बताउनुभयो । ‘मधेसी मोर्चाका सबै माग पूरा
हुँदैनन्’, उहाँले भन्नुभयो, ‘केही माग मुलुक र मधेसी
जनताको हितमा छैन ।’
भारतले नेपालमा नाकाबन्दी लगाएर उसैलाई
बेफाइदा भइरहेको श्रेष्ठले बताउनुभयो । ‘भारतले
हामीले नाकाबन्दी गरेको होइन भन्यो भने
दुनियाँ हाँस्छ’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी
लगाएर भारत अन्तर्राष्ट्रिय जगतमा आफै
नाङ्गिएको छ ।’
भारतको अनावश्यक हस्तक्षेप र मधेस आन्दोलनमा
अनाहक संलग्नताले मधेसको विषय सम्बोधन गर्न
समस्या भएको उपाध्यक्ष श्रेष्ठले उल्लेख गर्नुभयो ।
उहाँले मधेसी जनताका माग पूरा गर्ने विषयमा
भारतीय पक्ष बाधक भएर आएको बताउनुभयो ।
‘भारतले नेपालमा अनावश्यक हस्तक्षेप गर्न
छाड्नुपर्छ’, उहाँले भन्नुभयो, ‘मधेसी मोर्चालाई
उचालेर, नाकाबन्दी लगाएर हामीलाई होइन,
भारतलाई नै समस्या पर्छ ।’

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved