नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवकी छोरी अनिता यादवले मधेस आन्दोलनका क्रममा मृत्यु हुनेहरुको राज्यले
बेवास्था गरेको भन्दै आक्रोस व्यक्त गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो आक्रोस व्यक्त गरेकी हुन् ।
‘के मधेश मा बगेको रगतको कुनै मूल्य छैन ? के मधेशी नेपाली होइनन र ?’ सामाजिक सञ्जालमा निकै सक्रिय यादवले
सामाजिक सञ्जालमा आफ्ना भनाई सार्वजनिक गर्दै भनेकी छिन्, ‘उनीहरुमा पनि नेपाली आमाकै रगत बगेको छ । रगत
नेपाली कै हो चाहे त्यो हिमालमा बगोस ,मधेशमा बगोस वा पहाडमा बगोस ।’
यादवले भनेकी छिन् – ‘यदि तपाईं सच्चा नेपाली हुनुहुन्छ भने यो समय चुप लागेर बस्ने होइन । उत्पीडितहरुको पक्षमा
आवाज उठाउनु हाम्रो दायित्व हो चाहे त्यो जुनसुकै वर्ग को होस् । हुन सक्छ केही मधेशी मुलका नेताको सोच नेपाली
छैन होला तर यो बुद्ध जन्मेको देशमा लाशको राजनीति त खेल्न त भएन नि ।’ उनले आफ्नो स्ट्याटसमा माओवादी
युद्धका क्रममा करिब १७ हजारले ज्यान गुमाएको कुरालाई पनि उल्लेख गरेकी छिन् । ‘१७००० ले ज्यान गुमाए र अझै
गुमाउदैँछन अनि तेस्को बिउ रोप्नेहरुलाई के भन्ने ? आन्दोलनमा मर्ने त आखिर सामान्य नेपाली जनता नै हुन् । भोलि यो
समस्या अन्य भूभागमा पनि नसल्केला भन्न सकिन्न,’ उनले निकै मार्मिक रुपमा आफ्ना भनाई व्यक्त गर्दै भनेकी छिन्,
‘कहिले सिमानाको लागि, कहिले धर्म को लागि, कहिले जातको लागि नेपालमा कहिले सम्म रगतको खोला
बगाउने ?’
यादवले एक भाईलाई मार्दा अर्को भाईले हेरेर बस्ने बिडम्बनाको अन्त्य हुनुपर्ने बताएकी छिन् । ‘कस्तो लोकतन्त्र, कस्तो
लोकतान्त्रिक अभ्यास ? २०४६ देखि हालसम्म आइपुग्दा कति आमाको कोख रित्तियो, कति दीदी को सिंदूर पूछियो
तै पनि हामी चुप चाप बसी रहेका छौँ । खोइ कता गयो नागरिक समाज, खोइ कता गयो मानवअधिकार ?’
यादवले अझै लेखेकी छिन्–भन्ने बेलामा तिमी मधेशमा बस्ने मधेसिया, म पहाडमा बस्ने पहाडिया, उ हिमालमा बस्ने
हिमाली अनि हाम्रो साझा फुलबारी नेपाल भन्ने तर हरेक दिन त्यहि फुलबारी को एउटा कुना बाट फुल चुडिएको छ
अनि माली मुक दर्शक बनेर हेरेर बस्ने । देश रोइरदा आशु पूछि दिन नसक्ने यो कस्तो बिडम्बना ? कहीं हामी कपटी ढोंगी त
होइनौ ? झगडा, झगडाले होइन आपसी कुराकानीबाट सुल्झन सक्छ । मधेश बाट कांग्रेस ५५ , एमाले ४०, एमाओबादी १२
सिट प्रत्यक्ष मा जितेका छन । मधेशी दलहरु १२ स्थान मा जितेका छन । खोइ त ति नेताहरु आज ? युद्ध मन होइन बुद्ध मन
लिएर सबै एकजुट भएर वर्तमान चुनौतिको सामना गरौं
Home »
Nepali News
» प्रथम राष्ट्रपति पुत्रीको खुलापत्रः के मधेशमा बगेको रगतको कुनै मूल्य छैन ?
प्रथम राष्ट्रपति पुत्रीको खुलापत्रः के मधेशमा बगेको रगतको कुनै मूल्य छैन ?
Posted by Unknown
Posted on 4:55 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment