Home » » पेस्तोल देखाएर बर्दिवासमा लुटपाट

पेस्तोल देखाएर बर्दिवासमा लुटपाट

महोत्तरी, १४ मङ्सिर । लुटेराको एक समूहले
महोत्तरीको बर्दिवासमा पेस्तोल देखाएर सुनको
सिक्रीलगायतका सरसमान लुटपाट गरेको छ ।
गएराति बर्दिवास—जलेश्वर सडकखण्डअन्तर्गत
बर्दिवास नगरपालिका–२ स्थित मसानघाटमा
मोटरसाइकलमा आएका लुटेराको एक समूहले वलवा
गाविस–५ का २२ वर्षीय रञ्जितकुमार यादवको
साथबाट एक तोला सुन र ६ हजार बराबरको
किरानाको समान लुटेर फरार भएका छन् ।
आइतबार साँझ ७ बजेको समयमा ज३प ४३४५ नम्बरको
मोटरसाइकलमा चढी घरतर्फ गइरहेको समयमा एक्लै
भएको मौका छोपी सो समूहले पेस्तोल देखाएर
आफूसँग रहेको एक तोला सुन तथा किरानाका
समान लुटिएको पीडित यादवले बताउनुभयो ।
घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका
प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved