Home » » उत्तर कोरियामा नयाँ कपाल कानूनस: किम दम्पतीको जस्तै कपाल जनताले बनाउनुपर्ने

उत्तर कोरियामा नयाँ कपाल कानूनस: किम दम्पतीको जस्तै कपाल जनताले बनाउनुपर्ने


निरंकुशताको पनि एउटा हद हुन्छ । हुँदाहुँदा शासकले
जनतालाई कपाल कस्तो बनाउने भन्ने कुरामा पनि
निरंकुशता लादेका छन् । उत्तर कोरियामा जनतालाई
आफ्ना नेताको जस्तै कपाल बनाउन निर्देशन जारी
गरिएको छ ।
जस अनुसार उत्तर कोरियाली हरेक पुरुषले आफ्ना
सर्वोच्च नेता किम जोंग अनको जस्तै स्टाइलको कपाल
बनाउनुपर्नेछ । जस अनुसार दुर्इ सेन्टिमिटर भन्दा लामो
कपाल पाल्न पाइनेछैन र हेयर स्टाइल पनि ठ्याक्कै
किमको जस्तै हुनुपर्नेछ ।
पुरुषलाई मात्र कहाँ हो र ? महिलाका लागि पनि
नयाँ निर्देशन छ । उत्तर कोरियाली महिलाहरुले अब
हेयर स्टाइलमा मनमौजी गर्न पाउनेछैनन् । उनीहरुले किम
जोंग अन पत्नी रि सो जु को जस्तै हेयरस्टाइल
बनाउनुपर्नेछ । केवल कलाकारहरुलाई मात्र लामो
कपाल बनाउन छुट दिइएको छ । सरकारले कपाल
कानूनमा कडाइ गर्दै गस्तीलाई तिव्र बनाएको छ ।
नियम नमान्नेलाई ठाउँका ठाउँ छोप्ने र जबरजस्ती
कपाल काटिदिने गरिएको छ ।
कानको छउँछेउँ तथा पछाडिपटि्ट खौरिएको किमको
हेयर स्टाइललाई पश्चिमाहरुले निकै खिल्ली उडाउने
गरेका छन् । तर यस्तो स्टाइललाई उत्तर कोरियामा
भने महत्वाकांक्षाको प्रतिक मानिन्छ र जनतालाई
त्यस्तै स्टाइलको कपाल बनाएर आफ्ना महत्वाकांक्षी
नेताप्रति सम्मान प्रकट गर्न निर्देशन दिइएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved