Home » » नेपाल आयल निगमद्धारा इन्धन वितरणमा नयाँ योजना लागू....

नेपाल आयल निगमद्धारा इन्धन वितरणमा नयाँ योजना लागू....



इन्धन वितरणमा आयल निगमद्धारा
नयाँ योजना लागू , अस्पताल,
शववाहन, दमकल , प्रेस, विद्यालय र
अत्यावश्यक वस्तुको ढुवानीलाई
प्राथमिकता दिइने
लामो समयदेखि जारी मधेश
आन्दोलनकोबहाना गर्दै भारतले
नेपालको मुख्य नाकालाई ठप्प
पारेपछि रक्सौल नाका मार्फत
हुने सम्पूर्ण आयात ठप्प छ ।
भारतको नाकाबन्दी पश्चात
ईन्धन आपूर्तिमा असहज भएपछि
ईन्धन ब्यवस्थापनलाई सहज बनाउन
नेपाल आयल निगमले आइतबारबाट
नयाँ योजना लागू गरेको छ ।
निगमले आइतबार सार्वजनिक
सूचना जारी गरी कुन सवारी
साधनलाई कसरी ईन्धन उपलब्ध
गराउने नयाँ रणनीति अवलम्बन
गरेको छ । ईन्धन आपूर्तिका लागि
करिब दुई तिहाई हिस्सा ओगटको
रकौल नाका मधेशी दलले
गरिरहेको धर्ना र भारतले त्यसैलाई
कारण बनाई गरिरहेको
नाकाबन्दीका कारण परेको
गम्भीर असरलाई ध्यानमा राखी
नेपाल आयल निगमले अब उपरान्त
साता भरि नै विभिन्न स्थानमा
भएका पेट्रोल पम्पबाट ईन्धन उपलब्ध
गराउने निर्णय गरेको छ । नेपाल
आयल निगमले अत्यावश्यक
क्षेत्रभित्र पर्ने
अस्पताल,औषधि,शवबाहन,दमकल,फोहरमैला
ढुवानीलाई हरेक दिन उपत्यकाका
सबै पम्पबाट तेल उपलब्ध गराउने
निर्णय गरेको छ । त्यसैगरी लामो
दुरीमा चल्ने तथा उपत्यकाबाट
बाहिरिने प्रमुख राजमार्गमा
चल्ने सवारीसाधनलाई समेत प्रत्येक
दिन तेल उपलब्ध गराउने निगमले
जनाएको छ । तयसैगरी
अत्यावश्यक खाद्य बस्तु,दुध, पनिर
तरकारी ढुवानीलाई निगमले
आईतबार,मंगलबार र शुक्रबार ईन्धन
उपलब्ध गराउने भएको छ ।
कुटनीतिक नियोग,राजदूतावास
र विद्यालयलाई सोमबार र
बिहीबार इन्धन दिईने भएको छ ।
त्यसैगरी सरकारी, संस्थान , संघ
तथा प्रेस मिडियालाई शुक्रबार
तेल उपलब्ध गराउने गरी नेपाल आयल
निगमले नीति बनाएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved