Home » » ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ भनेपछि दिल्लीमा उथपपुथल.. नेपालबारे भारतीय संसदमा पनि कुरा उठ्यो

‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’ भनेपछि दिल्लीमा उथपपुथल.. नेपालबारे भारतीय संसदमा पनि कुरा उठ्यो

काठमाडौं, १४ मंसिर । सोमबार भारतका
अधिकांश पत्रिका नेपालको समाचारले भरिए ।
एउटा थियो झापामा १३ जना एसएसबीका
जवानलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको
बारेमा । अर्काे थियो ‘भारतको धम्कीपूर्ण
व्यवहार नेपालले नसहने’ । यी दुई मध्ये धेरैले नेकपा
एमालेका सचिव प्रदीप ज्ञवाली दिल्ली पुगेर
दिएको ‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले
नसहने’ अभिव्यक्तिलाई प्राथमिकता दिए ।
ज्ञवालीको अभिव्यक्तिलाई धेरै भारतीय
मिडियाले प्रमुख समाचार अर्थात हेडलाइन नै
बनाए । नेपालमा जारी संकटबारे भारतीय
सरकारी सञ्चारमाध्यम प्रेस ट्रष्ट अफ इण्डिया
(पिटिआई)सँगको कुराकानीमा नेता ज्ञवालीले
‘भारतको धम्कीपूर्ण व्यवहार नेपालले नसहने’
बताएका थिए ।
उनको यो अभिव्यक्तिलाई भारतबाट प्रकाशित
हुने नवभारत टाइम्स, हिन्दुस्तान टाइम्स, अमर
उजाला, पञ्जाब केसरी, दैनिक भास्कर, दैनिक
जागरण, नई दुनिया, रफ्तार न्यूज, लगायतका
पत्रिकाले ‘भारत हमें धौंस दिखाने कि भूल ना करे’
शीर्षकमा छापेका छन् ।
भारतीय मिडियामा प्रकाशित समाचार अनुसार
‘नेपालमा सत्ताधारी पार्टी सीपीएन
(यूएमएल)का वरिष्ठ नेता प्रदीप ज्ञवालीले उनको
देशले भारतको धम्कीपूर्ण व्यवहारलाई नसहने
बताएका छन् । नेपालले भारतसँग समानताका
आधारमा सम्बन्ध अगाडि बढाउन खोजेको भएपनि
भारतको धम्कीपूर्ण व्यवहारलाई स्वीकार गर्न
नसकिने उनले पिटिआईसँग दिल्ली पुगेर स्पष्ट पारे ।
ज्ञवालीको अभिव्यक्ति र भारतीय मिडियाले
प्राथमिकता दिएपछि भारतमा उथलपुथल
मच्चिएको छ । ज्ञवालीको अभिव्यक्ति सुनेर
भारतका केही सांसदले लोकसभा संसदमा प्रश्न समेत
उठाएका छन् ।
तर, लोकसभा सभामुखले नेपालको इस्युलाई
छलफलमा ल्याउन रोक लगाइन् । नेपालमा
भारतविरोधी सेन्टिमेन्ट बढेको विषयमा
छलफलका लागि केही सांसदले प्रश्न उठाएका थिए
। आरजेडी सांसद राजेश राजनले नेपालमा बढिरहेको
भारत विरोधी सेन्टिमेन्टबारे सरकारले बताउनुपर्ने
माग गरेका थिए । तर, सभामुख सुमित्रा महाजनले
उक्त विषय लोकसभामा उठाउन रोक लगाइन् ।
हेर्नुस् कसले के लेख्यो ?

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved