नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान सुरू भएको छ ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अर्का उम्मेदवार कृष्ण सिटौला र महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसीसँगै मतदान गरेका छन् ।
बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान एक घण्टा ढिला सुरू भएको हो । राष्ट्रिय सभागृहमा जारी मतदान अपरान्ह चार बजेसम्म चल्ने छ ।
३ हजार १ सय ६१ प्रतिनिधिहरुले कांग्रेसको चार वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछन् । कार्यसमितिको ६४ पदका लागि ३ सय १२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । News24Nepal.com बाट
सुरु भयो कांग्रेसको मतदान
Posted by Unknown
Posted on 8:53 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment