Home » » थ्रीस्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा

थ्रीस्टारलाई स्तब्ध पार्दै आर्मी सेमिफाइनलमा


रुस्लान थ्री स्टार क्लबलाई स्तब्ध पार्दै साविक बिजेता त्रिभुवन आर्मी क्लब सिमरामा जारी रुस्लान सातौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको हो । सिमरा रंगशाला सोमबार भएको क्वार्टरफाइनल खेलमा लिग बिजेता थ्रिस्टार क्लबलाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो ।
लिग उपबिजेता समेत रहेको आर्मीलाई अन्तिम चारमा पुर्याउने क्रममा विकास तामाङले निर्णायक गोल गरे । पहिलो हाफको इन्जुरी समयमा बिमलको कर्नरबललाई सदुपयोग गर्दै विकासले गरेको गोल निर्णायक बन्न पुग्यो ।
खेलको सुरुवातदेखी आक्रामक खेल खेल्दै आर्मीले थ्रीस्टारलाई दवावमा राखेको थियो । खेलको सुरुवातदेखिनै आपसी तालमेल मिलाउन नसकेको थ्री स्टारले अवसर सिर्जना गर्न नसक्दा पहिलो हाफ १–० को स्थितीिसकिएको थियो ।
थ्री स्टारलाई लगातार दवावमा राखेको आर्मीका नवयुग श्रेष्ठ खेलको ७८ मिनेटमा घाईते हुदै मैदान छाड्नुपरेको थियो । थ्रिस्टारका पिटर सेगनले बल हान्ने क्रममा जुत्ताले लागेर नवयुगको टाउकोमा चोट लागेको हो ।
खेलको अन्तिम समयसम्म पनि आर्मीबिरुद्ध राम्रा अवसर बनाउन नसकेको थ्री स्टारले खेलको ८६ औ मिनेटमा पेनाल्टीबाट खेल बराबरी गर्ने मौका चुकायो । आर्मीका विकास तामाङले सेगन ईतापायोलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा थ्रिस्टारका पिटर सेगन गोल गर्न चुके ।
पिटरको प्रहारलाई आर्मीका गोलरक्षक बिकेश कुथुले बचाउ गर्दै टिमको जित सुनिश्चित पारेका थिए ।
टिमको पराजयपछि स्तब्ध बनेका थ्री स्टारका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले सोचेजस्तो प्रदर्शन गर्नै नसकेको बताए । आर्मीको खेल आफ्नो टिमको तुलनामा निकै राम्रो रहेको उनको भनाई थियो । आर्मीका प्रशिक्षक मेघराज केसीले जितबाट खुशी भएपनि केही राम्रा अवसर चुकाउन पुग्दा अन्तिम समयसम्म संघर्ष गर्नुपरेको बताए । खेलको म्यान अफ दि म्याच आर्मीबाट खेलेका बिमल घर्तीमगर घोषित भए ।
Setopati बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved