फागुन २५ – नाइजेरियाका एक पूर्व रक्षा प्रमुखमाथि वायु सेनाको दुई करोड अमेरिकी डलर (दुई अर्ब १८ करोड नेपाली रुपैयाँ) चोरेको आरोप लागेको छ । सेना निवृत्त एयर चिफ मार्शल एलेक्स बादेहमाथि दुई करोड डलर चोरी गरेको सहित विभिन्न १० मुद्दा लागेको हो ।
तर उनले आफूमाथि ठगी, विश्वाघात लगायतका आरोपको खण्डन गरेका छन् । उनी दुई वर्षअघि नाइजेरियाको रक्षा प्रमुखमा नियुक्त भएका थिए । बादेहमाथि नाइजेरियाको राजधानी अबुजामा सरकारी खर्चमा सुविधा सम्पन्न भवन किनेको आरोप पनि लागेको छ । उनको एउटा घरमा छापा मार्दा १० लाख डलर भन्दा धेरै रकम बरामद गरिएको थियो । एक अनुसन्धानका अनुसार विद्रोही समूह बोको हराम विरुद्धको कारबाही अभियानका लागि हतियार खरिदका लागि निकासा गरिएको दुई अर्ब डलर उनकै कार्यकालमा गायब भएको थियो । बादेह त्यतिबेला वायु सेनाका प्रमुख बनेका थिए जतिबेला बोको हराम विरुद्ध लड्ने सेनाको रणनीतिप्रति लगातार आलोचना भइरहेको थियो । पूर्व राष्ट्रपति गुडलक जोनाथनको शासनकालमा सेनाको अग्रिम पंक्तिका सैनिकले बादेहसँग विद्रोही विरुद्ध लड्ने कुनै उपयुक्त संशाधन नभएको भनेर गुनासा गरेका थिए ।
नाइजेरियाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार साम्बो दसुकीमाथि पनि गएको वर्षको डिसेम्बर महिनामा ६ दशमलव ८ करोडको अपचलन गरेको आरोप लागेको थियो । उनले हेलिकप्टर, लडाकु विमान र हतियार खरिदमा फर्जी बिल बनाएको आरोप छ ।
अरु १२ जना वरिष्ठ सैनिकलाई पनि भ्रष्टाचारमा संलग्न रहेको आशंकामा अनुसन्धान गर्न भ्रष्टाचार विरुद्धको ऐजेन्सीलाई सुम्पिएको छ । नाइजेरियाका राष्ट्रपति महुम्मदु बुहारीले बिद्रोही संगठन बोको हराम र भ्रष्टाचार विरुद्ध लड्ने प्रतिबद्धता जनाएका छन् । बुहारी एक वर्ष अघि नाइजेरियाका राष्ट्रपति बनेका हुन् ।
– Ujyaaloonline बाट
Home »
international news
» पूर्व वायुसेना प्रमुखले २१८ करोड चोरे
पूर्व वायुसेना प्रमुखले २१८ करोड चोरे
Posted by Unknown
Posted on 7:54 PM
with No comments
Labels:
international news
0 comments:
Post a Comment