Home » » चैतको पहिलो सातादेखि आन्दोलन गर्ने यादवको चेतावनी, देउवाप्रति सकारात्मक

चैतको पहिलो सातादेखि आन्दोलन गर्ने यादवको चेतावनी, देउवाप्रति सकारात्मक


विराटनगर, फागुन २८ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गरेर मधेसका मुद्दा सम्बोधन गर्ने अवसर दिएपनि त्यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।
बिहीबार साँझ विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसको मुद्दाप्रति सरकार
गम्भीर नभए चैतको पहिलो हप्तादेखि आफूहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए ।
अध्यक्ष यादवले अझै पनि समय रहेकाले आन्दोलनअगावै मधेसको मुद्दा सम्बोधन गर्न मुख्य दलहरुलाई आग्रहसमेत गरे । सीमाङ्कन, सङ्घीयताको स्वरुप तथा प्रदेशको क्षेत्राअधिकारलगायतका विषय मोर्चाको मुख्य माग रहेको उनले बताए ।
अध्यक्ष यादवले मधेसको उचित मुद्दा तथा राष्ट्रका सवाललाई सम्बोधन गरेर मुलुकलाई निकास दिन सबै लाग्नुपर्ने बताए । उनले जनताको चाहना र भावनाअनुसार मधेसको मुद्दा सम्बोधनमा सहज होस् भन्ने उद्देश्यले आन्दोलनको स्वरुप परिवर्तन गरेको बताए । मधेसको मुद्दा सम्बोधन नभएसम्म सरकारमा जाने कुरा असम्भव रहेको पनि उनले बताए ।
मधेसको मुद्दा नमिलेसम्म जुनसुकै पार्टीको नेतृत्वमा सरकार बने पनि मधेसी मोर्चा सहभागी नहुने उनले बताए । उनले कांग्रेसको महाधिवेशनबाट आएको नेतृत्वले मधेस समस्या समाधान गर्ने कुरालाई आफूले सकारात्मक रुपमा लिएको बताए ।
उनले मधेसका मुद्दा सम्बोधन गर्ने विषयमा कांग्रेसका नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले गरेको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्नसमेत आग्रह गरे ।
Imagekhabar बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved