Home » » ४७ औँ पटक १० कक्षाको परीक्षा दिँदैछन् ७७ वर्षका शिवचरण

४७ औँ पटक १० कक्षाको परीक्षा दिँदैछन् ७७ वर्षका शिवचरण


आखिर मानिसले कुनैपनि कुरा पूरा गर्नका लागि दृढनिश्चय गरेपछि जस्तोसुकै असफलताबाट पनि हार मान्दैन र पछि हट्दैन । यसको ज्वलन्त उदाहरण बनेका छन् ७७ वर्षका शिव चरण यादव । उनले ४६ पटकसम्म १० कक्षाको परीक्षामा फेल हुँदापनि अझै हिम्मत हारेका छैनन् र यो पाला ४७ औँ पटक परीक्षा दिँदैछन् ।
भारतको राजस्थानका यी वयोवृद्ध विद्यार्थीले यो पटक यो पटकको परीक्षामा भने आफुले १० कक्षाको बोर्ड परीक्षा उत्तीर्ण गर्ने आशा राखेका छन् ।
लगातार ४६ औँ पटक १० कक्षाकै परीक्षामा फेल भएर पटक पटक परीक्षा दिनु यिनका लागि सजिलो काम होइन । यिनको जिवन उसैपनि दुखपूर्ण छ । उनी दुइ महिनाकी छँदा उनकी आमाको निधन भएको थियो । उनको बुवा पनि शिवचरणलाई छिटै नै टुहुरो बनाएर परलोक भए । जिवनमा पाएको दुखलाई सम्झेर उनले एउटा कसम खाए की जबसम्म १० कक्षा पास हुँदिन तबसम्म बिहे गर्दिन ।
तर उनले खाएको यो कसम उनको जिवनमा यति महंगो हुन्छ भन्ने उनले कल्पना सम्म पनि गरेका थिएनन् । आखिर आफ्नो त्यहीँ प्रतिबद्धतालाई पूरा गर्न नसक्दा उनी ७७ वर्षसम्म अविवाहित रहनुपरेको छ । ४६ पटक परीक्षा दिँदापनि उनले १० कक्षाको बोर्ड परीक्षा पास गर्न सकेका छैनन् । उनी हरेक पटक कुनै न कुनै विषयमा चिप्लिँदै आएका छन् ।
उनी कहिले कुन विषयमा फेल हुन्छन् र कहिले कुन । अघिल्लो वर्ष पास भएको विषयमा अर्को वर्ष फेल हुन्छन् र अघिल्लो वर्ष फेल भएको विषयमा अर्को वर्ष पास । सन् १९९५ मा यादव लगभग पास भैसकेका थिए तर गणित विषयमा चिप्लिए । त्यसयता त उनी अधिकांस विषयमा फेल हुने गरेका छन् । यसपटक आफुले स्कुलका शिक्षकहरुको सहायतामा राम्रैसँग पढेको हुँदा पास हुने आशा उनको छ ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved