Home » » इटहरी गोल्डकप फागुन २९ देखि

इटहरी गोल्डकप फागुन २९ देखि


इटहरी– पूर्वमा एकपछि अर्को गोल्डकप फुटबल प्रतियोगिता भएर सरेको १० औं अन्तराष्ट्रिय आमन्त्रण 'इटहरी गोल्डकप' फागुन २९ गतेदेखि हुने भएको छ।
फागुन ६ गतेदेखि हुने तय भए पनि धरानमा १८ औं बुढासुब्बा गोल्डकप, विराटनगरमा चौथो विराट गोल्डकप र मोरङकै विराटचोकमा पिएलओ कोशी हरैँचा केविआरयू कन्दङ्वा स्मृति गोल्डकपले गर्दा 'इटहरी गोल्डकप' सारिएको थियो। 'इटहरी गोल्डकप' फुटबल प्रतियोगिता चैत ६ गतेसम्म हुनेछ। यो सिजनमा पूर्वका ठूला गोल्डकप फुटबल प्रतियोगिता सकिएलगत्तै इटहरी गोल्डकप गर्ने मिति तय गरिएको हो। विराटनगरमा विराट गोल्डकप फागुन १५ गते, धरानमा बुढासुब्बा फागुन २२ गते र विराटचोकमा केविआरयू कन्दङ्वा गोल्डकप फागुन १९ गते फाइनल खेल सकिएको छ। गोल्डकप प्रतियोगिता गर्नका लागि इटहरीको जनता प्राविको खेलमैदानमा दर्शक बस्ने बासको प्याराफिट निर्माणसँगै अन्य तयारी थालिएको छ। पूर्वकै पूरानो राष्ट्रिय जागृति क्लबले बिजेतालाई नगद रु. एक लाख एघार हजार र उपबिजेता टीमलाई रु. ५५ हजार राशीको पुरस्कार राखेर प्रतियोगिता गर्न लागेको हो। आठौं संस्करणसम्म हुदैं आएको स्वर्गीय दानबहादुर फूँयाल स्मृति गोल्डकप फुटबल प्रतियोगितालाई परिमार्जन गरी अघिल्लो वर्षदेखि इटहरी गोल्डकपको रुपमा खेल हुदैं आएकोमा यसपटक नेपाल र भारतका १० वटा टिम सहभागी हुने आयोजक क्लबले जनाएको छ। प्रतियोगितामा झापाको काँकडभिट्टा ट्रेनिङ् सेन्टर, एपिएफ क्लब झापा, आयोजक राष्ट्रिय जागृति क्लब इटहरी, पूर्व क्षेत्रीय पुलिस क्लब विराटनगर, मोरङ एघार, चर्च ब्वाईज स्पोर्टिङ क्लब काठमाडांै, सुनसरी एघार र सरस्वती क्लब काठमाडौं सहभागी हुनेछन्। विदेशी टीममा सिएफसी भुटान र कञ्चनजङ्घा स्पोटिङ क्लब पश्चिम बंगाल भारत सहभागी हुने क्लबका सदस्य अनुरोध थापाले जानकारी दिए। इटहरी गोल्डकप प्रतियोगितामा रु. १६ लाखभन्दा बढी खर्च हुने आयोजकको अनुमान छ। गोल्डकप प्रतियोगिताका लागि इटहरी उपमहानगरपालिकाले संयोजन गरेको छ भने मुख्य प्रायोजक भने टुबोर्ग बियर रहेको छ।Nagarik News बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved