Home » » चीनको कोइला खानीमा भएको दुर्घटनामा बाह्रको मृत्यु

चीनको कोइला खानीमा भएको दुर्घटनामा बाह्रको मृत्यु


बेइजिङ, चीनमा उत्तरपश्चिमी एक क्षेत्रमा कोइला खानीमा भएको दुर्घटनामा परी कम्तीमा पनि १२ व्यक्तिको मृत्यु भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमले सोमबार दिएको जानकारीअनुसार सो क्षेत्रमा यसअघि पनि पटकपटक यस्तो दुर्घटना भएको थियो ।
चीनको उत्तरपश्चिमी प्रान्त जीलिनमा रहेको बैसान कोइला खानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत १२ जना कामदारको मृत्यु भएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जनाएको छ ।
यस दुर्घटनाबाट एक जनामात्र व्यक्तिको उद्धार गर्न सफल भएको र दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ ।
चीन कोइाला उत्पादनमा विश्वकै एक ठूलो देश हो । सन् २०१४ मा चीनमा भएको कोइला खानी दुर्घटनामा ९३१ व्यक्तिको मृत्यु भएको सरकारी तथ्याङ्कमा उल्लेख रहेको जनाइएको छ ।
सरकारी तथ्याङ्कअनुसार कोइलाखानी दुर्घटनामा हुने गरेको हताहतीमा कमी आएको जनाइएको छ । तर मानवअधिकारी समूहहरुको अनुसार भने यो सङ्ख्या बढ्ने जनाइएको छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved