पेरिसपछि ब्रसेल्समा पनि आईएसबाटै आक्रमण
एजेन्सी: बेल्जियमको राजधानी ब्रसेल्सस्थित अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा २६ जनाको ज्यान जाने गरि भएको आक्रमणको जिम्मा कुख्यात आतंकवादी संगठन आईएसले लिएको छ ।
बेल्जियमस्थित पुलिसले यस आक्रमणमा संलग्न सन्दिग्ध दुई आतंकवादीको तस्बिर पनि सार्वजनिक गरेको छ ।
यी पनि सन् २०१५ नोभेम्बरमा पेरिसमा १२० जनाको ज्यान जानेगरि भएकव आतंकवादी आक्रमणमा संलग्नहरु नै भएको बेल्जियम पुलिसले दाबी गरेको छ । यी दुईको नाम नाजिम लाचराऊ र मोहम्मद अबरिनी रहेको छ ।
ब्रसेल्सक ज्याभनटेम विमानस्थलमा मंगलबार भएको आत्मघाती हमालामा २६ जनाको ज्यान गइसकेको छ ।
यो विस्फोटमा ३५ जना घाइते भएका छन् । यो घटनापछि ब्रसेल्समा लेभल-४ को आपतकालिन अवस्था घोषणा गरिएको छ । ब्रसेल्स एयरपोर्टले यात्रुको सजिलोका लागि हेल्पलाइन नम्बर पनि जारी गरेको छ।
समाचार अनुसार आफूलाई बमसँगै उडाउनुअघि आक्रमणकारीले गोली चलाएका थिए । एयरपोर्टपछि ब्रसेल्स मेट्रो स्टेशनमा पनि बम विस्फोट भएको छ ।
विस्फोटपछि मेट्रो स्टेशनलाई खाली गराइएको छ । बाँकी मेट्रो स्टेशनलाई पनि बन्द गरिएको छ । यो मेट्रो स्टेशन युरोपियन यूनियनको केन्द्रीय कार्यालय नजिकै रहेको छ ।
विस्फोटपछि सुरक्षा एजेन्सीले कारबाही जारी राखेका छन् । सर्च अपरेशनका क्रममा विस्फोट नभएको बमसहित दुई आत्मघाती बेल्ट पनि बरामद भएको छ।
अहिले पनि सर्च अपरेशन जारी छ । त्यहाँको सरकारी टेलिभिजन बीआरटीका अनुसार एयरपोर्टमा भएको हमला आत्मघाती थियो ।
विस्फोटपछि विमानस्थल बन्द गरिएको छ। समाचार अनुसार विस्फोट स्थानीय समयअनुसार बिहान करिब सात बजे भएको हो ।
विमानस्थलमा एक धमाका अमेरिकन एयरलाइन्सको डेस्कमै भएको थियो । शुक्रबार पेरिस हमलाका एक नाइके सालेह आब्देस्लामको गिरफ्तारीपछि ब्रसेल्सलाई उच्च सतर्क अवस्थामा राखिएको थियो ।
Terrorisme: qui sont les suspects encore recherchés par les autorités
https://t.co/3M8ITOrn5s
pic.twitter.com/86KLrNJki4
— BFMTV (@BFMTV) March 22, 2016
अन्नपूर्ण पोस्ट्बाट
Home »
international news
» यी हुन् ब्रसेल्समा २६ जनाको ज्यान लिने आतंककारी
यी हुन् ब्रसेल्समा २६ जनाको ज्यान लिने आतंककारी
Posted by Unknown
Posted on 6:32 AM
with No comments
Labels:
international news
0 comments:
Post a Comment