काठमाडौं, २४ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सोमबार राति अर्काे लफडा भएको छ ।
सोमबार दिउँसो सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा १५ मत बढी भेटिएपछि विवाद भएको हो ।
प्रमुख निर्वाचन अधिकारी राधेश्याम अधिकारीका अनुसार निर्वाचनमा ३१२० मत खसेकोमा सर्टिङ गर्दा ३१३५ मत देखिएपछि विवाद भइ मतगणना केही समयका लागि रोकिएको हो ।
यो विवाद मिलाउनेबारेमा छलफल भैरहेको निर्वाचन समितिका संयोजक अधिकारीले बताए । उनले विवाद टुंगिए लगत्तै गणना सुरु हुने बताए । दैनिक नेपाल डट कमबाट
कांग्रेस महाधिवेशनमा राति अर्काे लफडा, मतगणना रोकियो
Posted by Unknown
Posted on 7:52 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment