वीरगञ्ज, ७ चैत । नेपाल–भारत सीमा क्षेत्रमा नयाँ स्तम्भ गाड्ने क्रममा नेपालको ६ बिघा जग्गा भारततर्फ परेको छ ।
नेपाल र भारतका नापी विभागका उच्च अधिकारी सम्मिलित टोलीले सीमा क्षेत्रका जीर्ण स्तम्भको मर्मतसम्भार र हराएका स्थानमा नयाँ स्तम्भ गाड्ने क्रममा पर्साको पिडारीगुठी गाविसका आठ नेपालीको जग्गा भारततर्फ परेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
पिडारीगुठी ३ की ललीदेवीको दुई विघा, लक्षमण हजारको एक बिघा १० कट्ठा, बालदेव महराको १४ कठ्ठा, रकम रायभरको ५, धनराज महतो नुनियाको ५ चोकट राउतको एक विघा तीन कठ्ठा कमल नारायणको दुई विघा र डेबाठाकुर हजामको पाँच कठ्ठा गरी ६ बिघाभन्दा बढी नेपाली भूमी भारतीय सीमा भित्र परेको छ ।
पीडितले गत बिहीबार जिल्ला प्रशासन कार्यालय पर्सामा गु्नासो गरेपछि प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे नेतृत्वको टोलीले शुक्रबार पिठारीगुठीमा पुगेर स्थलगत अनुगमन गरेको थियो ।
टोलीमा सशस्त्र प्रहरी सीमा सुरक्षा बल पर्साका प्रमुख प्रहरीउपरीक्षक भीमबहादुर थापा, नापी विभागका प्रमुख अधिकृत रमेश ज्ञवाली र पर्सा क्षेत्र नम्बर ५का सांसद जयप्रकाश थारु पनि सहभागी थिए ।
स्थलगत अनुगमन गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरे नेतृत्वको टोलीले पीडित जग्गाधनीसँग छलफल गरेका थिए ।
छलफलका क्रममा प्रमुख जिल्ला अधिकारीले नयाँ सीमास्तम्भ गाड्ने क्रममा भारततर्फ परेको नेपाली जग्गा फिर्ता गर्न नमिल्ने जबाफ दिएको पीडित जग्गाधनीले बताए ।
दैनिक नेपाल डट कमबाट
Home »
international news
» नेपालको छ बिघा जग्गा भारतले अबै कहिल्यै नदिने
नेपालको छ बिघा जग्गा भारतले अबै कहिल्यै नदिने
Posted by Unknown
Posted on 7:54 PM
with No comments
Labels:
international news
0 comments:
Post a Comment