२२ फागुन, काठमाडों । नेपाली कांग्रेसको १३औं महाधिवेशन राजधानीको भृकुटीमण्डपमा चलिरहेको छ ।
महाधिवेशनमा सहभागी ३१ सय ८२ प्रतिनिधिका लागि एक छाकमा १५ खसी, पाँच सय किलो माछा, पाँच सय किलो कुखुरा, २० क्विनटल तरकारी, पाँच सय किलो चामल पाक्ने गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
खानापछिको डेजर्टका लागि नौ हनारवटा रसवरी र ६ लिटर दही खपत हुन्छ । खाना खुवाउने जिम्मा दिव्वेश्वरी पार्टी प्यालेसले लिएको छ ।
महाधिवेशनमा बिहान ७ देखि ९ बजेसम्म नास्ता खाने व्यवस्था गरिएको छ । उसिनेको अन्डा एउटा, पुरी तरकारी, जेरी, चिया वा कफीको व्यवस्था छ । नास्ता दैनिक फरक फरक छ । स्यान्डविज, हलुवा तथा छोलाभटुरा पनि एक एक दिन राखिने मास्टर सेफ गोपाल सिंहले बताए ।
खानाको लागि मध्याह्न १२ देखि २ बजे र साँझ साढे ६ देखि ९ बजेसम्म तोकिएको छ । भेज खानको समेत व्यवस्था गरिएको छ । माछामासुवाहेक थप दुई भेज तरकारी थप गरिएको छ । डाइवेटिजका बिरामीका लागि पनि छुट्टै खानाको व्यवस्था छ ।
Home »
Nepali News
» कांग्रेस महाधिवेशन : एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा
कांग्रेस महाधिवेशन : एक छाकमा १५ खसी र एक टन माछा र कुखुरा
Posted by Unknown
Posted on 4:54 PM
with No comments
Labels:
Nepali News

0 comments:
Post a Comment