फागुन २१
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढेको छ। विहीबारबाट सुरु भएको १३ औँ महाधिवेशनले कांग्रेस केन्द्रीय कार्यसमितिमा ६१ जना निर्वाचित गर्नेछ। बाँकी २४ पद भने महाधिवेशनपछि सभापतिले मनोनय गर्नेछन्।
कांग्रेसको ६१ जना निर्वाचित सदस्यका लागि ३ हजार २ सय १६ महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। कार्यसमितिका लागि ३ सय ६६ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्।
सभापतिमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा र कृष्ण सिटौला प्रतिष्पर्धामा छन्। त्यस्तै महामन्त्रीमा सशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापा प्रतिस्पर्धामा छन्। कोषाध्यक्षमा भने चार प्रतिस्पर्धी रहेका छन्। कोषाध्यक्षमा सितादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कास्कीका कृष्ण कार्कीले उम्मेद्वारी दिएका छन्।
कसरी गठन हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति
सभापति निर्वाचित १ जना
महामन्त्री निर्वाचित १ जना
कोषाध्यक्ष निर्वाचित १ जना
उपसभापति मनोनित १ जना
महामन्त्री मनोनित १ जना
सह महामन्त्री मनोनित १ जना
खुल्ला तर्फ निर्वाचित केन्द्रीय सदस्य २५ जना
सात प्रदेशबाट निर्वाचित १४ जना
निर्वाचित महिला सदस्य ६ जना
मनोनित महिला सदस्य १ जना
दलित निर्वाचित सदस्य २ महिला सहित ५ जना
दलित मनोनित सदस्य १ जना
आदिवासी जनजाती केन्द्रीय सदस्य २ सहित ५ जना
आदिवासी जनजाती केन्द्रीय सदसय मनोनित १ जना
मधेसी केन्द्रीय सदस्य निर्वाचित २ महिला सहित ५ जना
मधेसी केन्द्रीय सदस्य मनोनित १ जना
मुस्लिम निर्वाचित केन्द्रीय सदस्य १ जना
मुस्लिम मनोनित केन्द्रीय सदस्य १ जना
सभापतिले मनोनयन गर्ने सदस्य १६ जना
जम्मा ८५ जना
संसदीय दलका नेता पदेन सदस्य १ जना
- पहिलोपोस्टबाट
अंकगणितमा कांग्रेस महाधिवेशन : कसरी गठन हुन्छ कांग्रेस केन्द्रीय कार्यसमिति?
Posted by Unknown
Posted on 7:28 AM
with No comments
Related News you might like to see :
Labels:
news
0 comments:
Post a Comment