चैत्र ०९,
बिर्तामोड / पूर्व – पश्चिम राजमार्ग अन्तर्गत झापाको बिर्तामोड सडक खण्ड पर्ने राष्ट्रिय वाणिज्य वंैक अगाडि सोमवार एकाएक गोली चलेको आबाज सुनियो ।
सडकमा हिँड्दै गरेका अनि आसपासमा रहेका मानिस एकैचोटी अताल्लिए ।
गोली बर्सेको आबाज आउनासाथ धेरै जना चिच्याए पनि । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा, प्रहरी नायव महानिरीक्षक (डीआइजी) केशरीराज घिमिरे, वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) केदार रिजाल , प्रमुख जिल्ला अधिकारी मदन भुजेल, प्रहरी उपरीक्षक (एसपी) ठाकुरप्रसाद ज्ञावालीकै अगाडि गोली लागेर एक जना प्रहरी जवानको निधन भएको दृष्य देख्दा धेरैका आँखा रसाएका मात्रै थिएनन् धेरै जना अताल्लिएका पनि थिए ।
घरबाट कार्यक्षेत्रमा फर्कंदै गर्दा बाटामा अस्मिताहरण हुन लागेकी एक युवतीको उद्धारका क्रममा प्रहरी जवानमाथि आक्रमण हुनु र शहादत प्राप्त गरेको दृष्य देख्दा प्रहरी अतिरिक्त महानिरीक्षक शर्मासहित धेरैका आँखा रसाएका थिए । आँखा रसाउनु पर्ने कारण सृजना गराई दिए क्षितिज नाट्य समूहका कलाकारहरुले । माधव कल्पितद्वारा लिखित तथा निर्देशित नाटक इजलासको फैसला त्यहाँ प्रस्तुत गरिएको थियो ।
जातीय विभेद उन्मुलनको ५१ औं अन्तर्राष्ट्रिय दिवसको अवसरमा नागरिक र प्रहरीको सहकार्यमा आयोजना गरिएको सामाजिक विकृति र विसंगति विरुद्ध जनचेतनामूलक कार्यक्रम प्रहरी अतिरिक्त महानिरीक्षक शर्माले नै उद्घाटन गरेका थिए । सोही कार्यक्रममा प्रस्तुत गरिएको नाटकमा चेलीवेटी वेचविखन, लागूऔषध दुव्र्यसनीका कारण समाजमा पर्ने असरका विषयमा केन्द्रीत रहेर नाट्य समूहले चेतना फैलाउन देखाएको नाटक हेर्दा धेरैका आँखा रसाएका थिए ।
अञ्चल प्रहरी कार्यालय मेची, जिल्ला प्रहरी कार्यालय झापा र जिल्लामा रहेका १० वटा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजना तथा विभिन्न संघ संस्थाको सह आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा क्षितिज नाट्य समूहका कलाकारले राष्ट्र प्रेमले ओतप्रोत भएका गीतमा मधुर संगीतसहित देखाएको नाटक हेर्दा कतिपय उपस्थित दर्शक पनि आँशु पुछ्दै कार्यक्रमस्थलबाट बाहिरिएका थिए ।
समाजमा अझैंपनि कुसंस्कार र अशिक्षाका कारण दिन प्रतिदिन अपराधका घटना घटिरहेको र त्यस्ता घटना न्यूनीकरणका लागि सबैले आ – आफ्नै ठाउँबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै सभ्य समाज निर्माणमा अग्रसर हुनु पर्ने नाटकको मूल सन्देश रहेको थियो । चेलीबेटी बेचबिखनमा सक्रिय गिरोहले पछिल्लो समय विभिन्न बहाना बनाएर चेलीबेटी बेचबिखन गर्ने गरेको र त्यसमा सोझासाझा नेपाली चेली पर्ने गरेकाले त्यसको अन्त्यका लागि सिङ्गो समाज जागरुक हुनुपर्ने नाटकमा सन्देश प्रवाह गरिएको थियो । यसअघि परिर्वतन थिएटर नेपाल काँकरभिट्टाले पनि पश्चाताप शीर्षकको नाटक प्रस्तुत गरेको थियो ।
उक्त नाटकमा पनि समाजमा हुने आपराधिक गतिविधि नियन्त्रणका लागि आफू , आफ्नो परिवार र समुदाय नै सचेत हुनुपर्ने सन्देश प्रवाह गरिएको थियो ।
लागूऔषध दुव्र्यसनका लागि झापा नेपालमा पाँचै स्थानमा पर्ने र लागू औषध दुव्र्यसनीका कारण यहाँ विभिन्न खाले आपराधिक गतिविधि, महिला हिंसा, यौन हिंसा हुने गरेको र त्यसलाई नियन्त्रणका लागि कार्यक्रम आयोजना गरिएको प्रहरी उपरीक्षक ज्ञवालीले कार्यक्रममा बताएका थिए ।
कार्यक्रममा बोल्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) शर्माले नागरिक र प्रहरीको सहकार्यमा मात्रै अपराध नियन्त्रण सम्भव रहेको बताए ।सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्र बिर्तामोडका अध्यक्ष अर्जुन मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा डीआइजी घिमिरे, प्रमुखजिल्ला अधिकारी भूजेल झापा उद्योग वाणज्य संघ बिर्तामोडका उपाध्यक्ष तथा कार्यक्रमका अर्थ समिति संयोजक प्रकाश शिवाकोटी, एकीकृत नेकपा माओवादी झापाका उपाध्यक्ष राजु आचार्य अग्नि, सामुदायिक प्रहरी सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष डिल्ली घिमिरे, वीरता लेडी जेसीज बिर्तामोडकी संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले महिला हिंसा र दुव्र्यसनी अन्त्यका लागि सबै जागरुक भएर अघि बढ्नु पर्ने धारणा राखेका थिए ।
यसैबीच क्षितिज नाट्य समूह बिर्तामोडले प्रस्तुत गरेको नाटक इजलासको फैसलाले नेपाली समाजलाई चित्रण गरेको भन्दै सामुदायिक तथा विद्यार्थी स्वास्थ्य सरोकार केन्द्र बिर्तामोडका डाक्टर नवाब आलम र युवा व्यवसायी हनुमान सेन्ट्रलमा अवस्थित मोवाइल दोकानका सञ्चालक पवन खतिवडा तथा पोषण खतिवडाले नगद दश हजार रुपैयाँ प्रदान गरेका थिए । इजलासका लेखक तथा निर्देशक खतिवडालाई आयोजक समितिले नगद सहित सम्मान गरेको थियो । कार्यक्रम सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रका लक्ष्मी गौतम र सञ्चारकर्मी पुष्पाञ्जलि सिन्हाले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।
पुर्बेलीन्युजबाट
Home »
Entertainment
» एआइजीकै अगाडि ‘इन्स्पेक्टरको मृत्यु’
एआइजीकै अगाडि ‘इन्स्पेक्टरको मृत्यु’
Posted by Unknown
Posted on 10:52 PM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment