Home » » भियतनामी महिलाले जन्माइन् अनौठो जुम्ल्याहा, दुबैका पिता फरक

भियतनामी महिलाले जन्माइन् अनौठो जुम्ल्याहा, दुबैका पिता फरक


भियतनाम, फागुन २७ । जुम्ल्याहा जन्मिनु अस्वाभाविक होइन तर भियतनामकी एक महिलाको कोखबाट अनौठो जुम्ल्याहाले जन्म लिएका छन्, जसका पिता अलग–अलग हुन् ।
एउटै मितिमा जन्मिएका जुम्ल्याहामध्ये दुबैको पिता फरक हुनु असामान्य घटना भएको चिकित्सकहरुको भनाई छ ।
जुम्ल्याहाको उमेर अहिले दुई
वर्ष पुगेको छ । दुबैबीच केही भिन्नता देखिएपछि परिवारको दबाबमा पिताले डिएनए परीक्षण गराएका थिए । परीक्षणका क्रममा एक सन्तानको डिएनए उनीसँगै मेल खाए पनि अर्कोको नमुना अलग पाइएको हो ।
जेनेटिक एसोसिएसन अफ भियतनामका अध्यक्ष लि डिन्ह लुङ्गका अनुसार हनोइ ल्याबमा डिएनए परीक्षण गरिएको हो । परीक्षणमा दुबैका पिता अलग पाइएको हो । यस्तो घटना दुर्लभ हुने उनले बताए ।
उनले डिएनए परीक्षण गराइएको परिवारबारे थप विवरण दिन चाहेनन् ।
सन् २००९ मा अमेरिकामा पनि एक महिलाले अलग अलग पिता भएका जुम्ल्याहा जन्माएकी थिइन् । Imagekhabar बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved