काठमाडौं । नेपाली काँग्रेसका कार्यबहाक सभापति रामचन्द्र पौडेलले भावी सभापतिमा आफूले जित्ने दाबी गरेका छन् ।
मतदान सुरु हुनुभन्दा केही समय पछि आएर मतदान गरेका पौडेलले भोट हालिसकेपछि संक्षिप्त प्रतिक्रिया दिँदै आफूले जित्ने निश्चित रहेको बताएका हुन् ।
सभापतिमा पौडेलले वरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरिरहेका छन् ।
उनले यसअघि पनि आफूले जित्ने दाबी गर्दै शेरबहादुर देउवा मात्रै आफ्नो प्रतिस्पर्धी भएको बताएका थिए ।
आइतबार नै मतदान सकिएपछि साँझ मतगणना हुने कार्यक्रम रहेको छ । सभापतिमा कुनै प्रत्यासीले ५१ प्रतिशत मत नल्याएमा दोस्रो चरणको मतदानमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ ।
Nepalsandesh.com बाट
पानीको ड्रममा भोट खसाल्दै रामचन्द्रले भने, ‘सभापतिमा म नै जित्छु’
Posted by Unknown
Posted on 9:07 PM
with No comments
Labels:
news

0 comments:
Post a Comment