पाँचथर, निर्माणाधीन १५ मेगावाट क्षमताको हेवा¬–ए जलविद्युत् आयोजनाको व्यवस्थापन पक्षविरुद्ध उत्रिएका पाँच युवकलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथर भारपा¬–४ का महेश अधिकारी, महेन्द्र हाङ सुरुम्बा, रणकुमार हाङ सुरुम्बा, टेकबहादुर हाङ सुरुम्बा र रङ्गीन हाङ सुरुम्बा रहेका छन् ।
जिल्लाको भारपा, याङनाम र नाङगेन गाविससँग सिमाना जोडिएको हेवा खोलामा आयोजना निर्माणका क्रममा क्षति भएको झोलुङ्गे पुल बनाइदिन माग गर्दै आएका उनीहरुलाई प्रहरीले उच्छृङ्खल गतिविधिमा संलग्न भएको भन्दै पक्राउ गरेको हो ।
आयोजनाको इन्टेक बनाउने क्रममा आयोजनास्थलसँगै रहेको भारपा¬–४ र याङनाम–१ लाई जोड्ने कादुरी झोलुङ्गे पुलको एकातर्फको जग क्षतिग्रस्त बनेको थियो । सो पुल मर्मत गर्न माग गर्दै केही दिनदेखि स्थानीयवासी आन्दोलित थिए ।
आयोजना निर्माणको जिम्मा लिएको पाँचथर पावर कम्पनीका प्रबन्ध निर्देशक पुष्पज्योति ढुङ्गानाले स्थानीयवासीको माग अनावश्यक बखेडा निकाल्ने खालको भएको प्रतिक्रिया दिनुभयो ।
News24Nepal.com बाट
Home »
news
» जलविद्युत् आयोजना निर्माणका क्रममा क्षति भएको झोलुङ्गे पुल बनाइदिन मागगर्दा पाँच युवक पक्राउ
जलविद्युत् आयोजना निर्माणका क्रममा क्षति भएको झोलुङ्गे पुल बनाइदिन मागगर्दा पाँच युवक पक्राउ
Posted by Unknown
Posted on 6:08 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment