Home » » भारतको गुजरातमा आतङ्कवादी हमलाको खतरा-सैनिकको कडा अपरेशन सञ्चालनमा

भारतको गुजरातमा आतङ्कवादी हमलाको खतरा-सैनिकको कडा अपरेशन सञ्चालनमा


नयाँ दिल्ली, भारतीय पश्चिमी राज्य गुजरातमा आतङ्कवादी हमला हुनसक्ने भन्दै यसका विरुद्ध सतर्क रहन सूचना जारी गरेको छ ।
सो राज्यमा आतङ्कवादी हमलाको सूचना प्राप्त भएको भन्दै सो क्षेत्रमा सैनिकले कडा अपरेशन पनि सञ्चालन गरेको बताइएको छ ।
सो क्षेत्रमा समुद्रको बाटो भएर कम्तीमा पनि १० जना आतङ्ककारी प्रवेश गरेका र उनीहरुले सो क्षेत्रमा आक्रमणगरी आतङ्क पच्चाउनसक्ने सम्भावनाका आधारमा सो कारबाही गरेको बताइएको छ ।
समाचार स्रोतका अनुसार सो क्षेत्रमा आतङ्कवादी हमलाका कारण हुनसक्ने क्षतिको अनुमान गरी प्रहरी पनि खटाइएको छ ।
उक्त क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी पनि खटाइएको समाचारमा उल्लेख गरिएको छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved