फागुन २६ – ट्वेन्टी ट्वेन्टी विश्वकपमा भारत र पाकिस्तानबिचको खेल हुने स्थल सुरक्षाको कारण देखाउँदै परिवर्तन भएको छ । यसअघि धर्मशालामा हुने भनिएको खेल अब कोलकतामा हुने छ ।
पाकिस्तानले धर्मशालाको सुरक्षा व्यवस्थाप्रति असन्तुष्टि जनाएपछि खेल कोलकतामा हुन लागेको हो । भारतमा चलिरहेको ट्वेन्टी–ट्वेन्टी विश्वकपमा भारत र पाकिस्तानबिचको खेल चैत ६ गते हुने छ ।हिमाञ्चल प्रदेशको सरकारले धर्मशालामा हुने खेलका लागि सुरक्षा दिन नसक्ने बताएको थियो । त्यसपछि पाकिस्तानले सुरक्षा विशेषज्ञहरुको टिम धर्मशालामा पठाएको थियो र पाकिस्तानले धर्मशालामा आफ्ना खेलाडीको सुरक्षालाई लिएर चिन्ता पनि व्यक्त गरेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले खेलस्थल परिवर्तन गरेको हो । पाकिस्तानले कोलकता वा मोहालीमा खेल गर्न भनेको थियो ।
भारत र पाकिस्तानको खेल हुने कोलकताको इडेन गार्डेनमा ट्वेन्टी–ट्वेन्टी विश्वकपको फाइनल पनि हुने छ । इडेन गार्डेनको दर्शक क्षमता ६६ हजार हो भने हिमाञ्चल प्रदेश क्रिकेट एशोसिएसनको धर्मशाला स्टेडियमको दर्शक क्षमता २३ हजार मात्र हो ।
Ujyaaloonline बाट
ट्वेन्टी-ट्वेन्टी विश्वकप : सुरक्षाका कारण भारत र पाकिस्तानबिचको खेलस्थल परिवर्तन
Posted by Unknown
Posted on 6:05 AM
with No comments
Labels:
sports
0 comments:
Post a Comment