चैत ७
म्याग्दी – तत्कालीन शसस्त्र दन्द्धरत माओवादी र राज्यपक्षबीच म्याग्दी सदरमुकाम बेनीमा दोहोरो भिडन्त भएको आईतबार १२ वर्ष पुरा भएको छ । २०६० चैत ७ गते बेनीमा भएको दोहोरो भिडन्तलाई म्याग्दीबासीले दुःखद दिनको रुपमा स्मरण गर्दै आएका छन् ।
बेनी भिडन्तका क्रममा १७ जना प्रहरी, १४ जना सैनीक, करिब ९० जना माओवादी र १९ जना सर्वसाधारणको मृत्यु भएको थियो भने १७ करोड रुपैया मूल्य बराबरको भौतिक सम्पत्तीको क्षत्ती भएको सरकारी तथ्याङ्क छ । ठूलो जनधनको क्षत्ती भएको बेनी आक्रमणका क्रममा घाईते भएका एक जना कर्मचारी भने अझै राहतको पखाईमा छन् ।
जिल्ला अदालतका तत्कालीन कार्यालय सहयोगी बेनी नगरपालीका ७ पिपलचोकका ६५ वर्षिय कृष्णलाल श्रेष्ठ तिन वटा गोली लागेर घाइते हुनुका साथै एम्बुसमा परेर दाहिने खुट्टा गुमाएका थिए । शारिरीक अशक्तताका कारण जागीर समेत छोडेका कृष्णलालले पटक पटक जिल्ला प्रशासन कार्यालय, शान्ति समिति लगायतका निकायमा राहतका लागि निवेदन दिएपनि अझसम्म कुनै सुबिधा नपाएको गुनासो गरे ।
जिल्ला प्रशासन कार्यालयले शान्ति स्थापना भएसंगै उनलाई दन्द्धपिडित र घाईतेले पाउने सुबिधाका लागि दर्जनौ पटक शान्ति तथा पुननिर्माण मन्त्रालयमा सिफारीस गरेको जनाएको छ । श्रेष्ठले सुबिधा पाउन नसकेको विषयमा विभिन्न कार्यक्रममा बहस र छलफल भएपनि सम्बन्धित पक्षले चासो दिएर सुनुवाई गरेका छैनन् ।
Ratopati बाट
बेनी आक्रमणको १२ वर्ष पुरा, घाईते कर्मचारीले अझै राहत पाएनन्
Posted by Unknown
Posted on 3:27 AM
with No comments
Labels:
news
0 comments:
Post a Comment