Home » » चम्ल्याहा बच्चाले पाउने भए निशुल्क उपचार

चम्ल्याहा बच्चाले पाउने भए निशुल्क उपचार


काठमाडौं– पाल्पामा जन्मिएका चम्ल्याहा शिशुको उपचार ग्रीनसिटी अस्पतालले निःशुल्क गरिदिने दाबी गरेको छ ।
अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले फेसबुकमार्फत् यस्तो घोषणा गरेका छन् ।
गुल्मी जैसिथोक २ का जनक कुवर र गिता कुँवरबाट जन्मिएका चम्ल्यहालाई आर्थिक अभावमा उपचारमा समस्या भएको समाचार स्वास्थ्यखबरले केही दिनअघि प्रकाशित गरेको थियो ।
चार सन्तान मध्ये कान्छा छोराको दायाँ आँखामा पिप जमेपछि रणअम्विका आँखा अस्पताल भैरहवाले काठमाडौं रिफर गरेको थियो। कम तौलका भएका कारण अन्य शिशुलाई पनि निरन्तर स्वास्थ्य सेवाको जरुरी छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved