Home » » सेल्टा डि भिगोमाथि रियल मड्रिडको शानदार जित, रोनाल्डोले गरे चार गोल

सेल्टा डि भिगोमाथि रियल मड्रिडको शानदार जित, रोनाल्डोले गरे चार गोल


२३ फागुन, काठमाडौं । क्रिष्टियानो रोनाल्डोको चार गोलको मदतमा रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा सेल्टा डि भिगोमाथि शानदार जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा रियल मडि्रडले सेल्टा डि भिगोमाथि ७-१ को फराकिलो जित हात पारेको हो । उसको जितमा रोनाल्डढो सक्लैले चार गोल गरे ।
खेलको ४१ औं मिनेटमा पेपेले गोल गर्दै पहिलो हाफमा रियल मडि्रडलाई १-० को अग्रता दिलाए । दोस्रो हाफको ५० औं मिनेटमा रोनाल्डोले खाता खोले । ५८ औं मिनेटमा दोस्रो गोल गरे । ६२ औं मिनेटमा सेल्टा डि भिगोले एक गोल फर्कायो । तर, ६४ औं मिनेटमा रोनाल्डोले हृयाट्रिक पुरा गरे भने ७६ औं मिनेटमा चौथो गोल गरे ।
७७ औं मिनेटमा जोसे र ८१ औं मिनेटमा ग्यारेथ बेलले गोल गरेपछि रियल मडि्रड ७-१ ले विजयी भएको छ । जितपछि रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ ।
लिग लिडर बार्सिलोनाको ६९ र दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ६१ अंक छ । दुबैले एक खेल कम खेलेको छन् ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved