Home » » गुगललाई उत्तर दिनुस्, प्लेस्टोरमा क्रेडिट पाउनुस्

गुगललाई उत्तर दिनुस्, प्लेस्टोरमा क्रेडिट पाउनुस्


काठमाडौं: सर्च इन्जिन गुगलले आफ्नो गुगल ओपिनियन रिवार्ड एपमार्फत इन्टरनेट प्रयोगकर्तालाई एन्ड्रोइड 'एन' का लागि उपयुक्त नाम दिन आग्रह गरेको छ।
गुगलका सिइओ सुन्दर पिचाईले गत डिसेम्बर महिनामा भारत गएका बेला एन्ड्रोइड 'एन' को नाम कुनै भारतीय मिठाइसँग मिल्दोजुल्दो राख्नुपर्ने सुझावलाई हाँसेर टारेका थिए ।
उनले त्यो बेला आमासँग सल्लाह मागेर मात्रै भन्ने बताएका थिए। तर गुगल अहिले एन्ड्रोइड 'एन' को नाम जुराउने अभियानमा लागेको छ ।
एन्ड्रोइड पुलिसका अनुसार उत्कृष्ट उत्तर दिने इन्टरनेट प्रयोगकर्तालाई प्लेस्टोरमा क्रेडिट जित्ने अवसर दिइएको छ । यो गुगगल ओपिनियन रिवार्ड एप गुगलका उपभोक्ताहरुद्वारा सर्भे गरिएको एप्लिकेशन हो जसमा मानिसले छिटोछोटो गर्ने सर्भेबाट उत्तर दिएर गूगल प्ले क्रेडिट जित्न सक्छन्।
गुगलले 'एन' बाट सुरु हुने खाद्यपदार्थबारे पहिलो पश्नको सोधेको छ भने दोस्रो प्रश्न 'एन' बाट सुरु हुने 'टेस्टी ट्रीट' बारे सोधेको छ। यसको लिस्टमा नाचोज, नूडल्स, नोट, नोरी पहिलेदेखि नै समावेश गरिएको छ। जुन भारत र अरु देशका प्रयोगकर्ताहरुलाई यो एप उपलब्ध गराइएको छैन।
गुगलले गत वर्ष एक भिडियो जारी गर्दै मानिलाई भ्रमित गरेको थियो जसमा एन्ड्रोइड एपको सम्भावित नाम दिने दाबी गरिएको थियो।
यस्तै अर्को रिपोर्ट अनुसार गुगगले आउने भर्सनको नाम न्यू योर्क जीजकेक वा एनवाईसी राख्ने बताइएको छ।
एन्ड्रोइड पुलसिले यो कोड नामलाई हेरेर लेखेका छन् यसलाई 'एनवाईसी' नाम एओएसपी स्टोरेजमा केही समय हेर्न सकिनेछ।
पछिल्लो समय गुगलले किटक्याटका लागि स्टोरेजमा केएलपी, ललिपपको लागि एलएमपी र मार्शमेलोको लागि 'एमएनसी' नाम दिएका थिए।
यस्तै गुगलले पछिल्लो हप्तामात्रै नयाँ एन्ड्रोइड 'एन' डेभलपर बनाएर देखाएको छ भने एन्ड्रोइड बेटा प्रोग्राम समेत पेश गरेको छ।
अन्नपूर्ण पोस्ट्बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved