Home » » मध्यरातमा छोडियो पक्राउ परेका औषधि उद्योग सञ्चालक

मध्यरातमा छोडियो पक्राउ परेका औषधि उद्योग सञ्चालक


आइतबार २३ फागुन,
काठमाडौं—सरकारले तोकेको भन्दा दोब्बर मूल्यमा औषधि बेचेको आरोपमा पक्राउ परेका दुई औषधि उद्योगका चार जना सञ्चालक तथा कर्मचारीलाई मध्यरातमा रिहा भएका छन्।
जिल्ला प्रशासन कार्यालय र महानगरीय प्रहरी परिसरको संयुक्त अनुगमन टोलीले शुक्रबार देउराली जनता फर्मास्यूटिकल्स र लोमस फर्मास्युटिकल्सका चार जनालाई औषधिमा कालोबजारी गरेको आरोपमा पक्राउ गरेको थियो। सरकारले विभिन्न १८ वटा उत्पादनको मूल्य गत साउनमा निर्धारण गरेको थियो। देउराली जनता र लोमसले सरकारले तोकेको मापदण्डभन्दा औषधिको मूल्य अत्यधिक राखेका थिए।
पक्राउको विरोधमा नेपाल औषधि उत्पादक संघ, नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले कार्यक्रमको आयोजना गरी पक्राउ परिएकालाई रिहा नगरे औषधि उद्योग नै बन्द गर्न चेतावनी दिएका थिए। निजी क्षेत्रका व्यावसायीले औषधि उत्पादनदेखि बिक्री समेत ठप्प पार्ने चेतावनी दिएपछि प्रहरी हिरासतमा रहेका लोमसका प्रज्वलजंग पाण्डे र प्रबलजंग पाण्डे तथा देउराली जनताका निगमराज अधिकारी र निलराज आचार्यलाई शनिवार राती ११ बजेतिर रिहा गरेको हो।
पक्राउ परेका सञ्चालकहरु रिहा भए पछि औषधि उत्पादक संघले उद्योग बन्दको कार्यक्रम फिर्ता लिएको छ। संघले औषधिको मूल्य विवाद समाधानका लागि अधिकार सम्पन्न आयोग गठन गर्न माग गरेको छ।
यसका लागि संघले शनिवार निर्धारण गरेका अन्य आन्दोलनका कार्यक्रमहरुलाई भने निरन्तरता दिएको छ। आन्दोलनका कार्यक्रम अन्तर्गत संघ अन्तर्गतका सम्पूर्ण औषधि उद्योग र विदेशी औषधि उद्योग अन्तर्गत कार्यरत कर्मचारीहरुले हातमा कालोपट्टी बाँध्ने र सम्पूर्ण उद्योगका मेडिकल रिप्रेजिन्टेटिभ (एमआर)ले देशभरका अस्पतालमा रहेका चिकित्सकहरुलाई औषधिको मूल्य समायोजनका विषयमा आयोग गठन गर्नु पर्ने विषयमा जानकारी गराउने कार्यक्रम आइतबारबाट शुरु गरेको छ।Nagarik News बाट


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved