२६ फागुन, मोरङ । मोरङको भातीगन्जमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मंगलबार साँझ भातीगन्ज–३ बस्ने सीताराम ऋषिदेवको डेढ वर्षीय छोरा युवराज ऋषिदेवको घर नजिकै रहेको लोहन्द्रा खोलाको पानीमा डुबेर मृत्यु भएको हो ।
घरबाट हराएर खोजी गर्ने क्रममा घर नजिकै रहेको खोलाको पानीमा डुबेको अवस्थामा बालकलाई फेला पारिएको थियो ।
तत्काल उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगर लगिएपनि उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
अनलाइनखबरबाट
खोलामा डुबेर डेढ वर्षीय बालकको मृत्यु
Posted by Unknown
Posted on 8:41 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment