चरीकोटः मानसिक सन्तुलन गुमाएका दोलखाको जुगु गाविस वडा नम्बर पाँचका श्यामबहादुर भुजेललाई सहयोग छुट्ने क्रम बढिरहेको छ। खर्च अभावमा १५ महिनादेखि फलामेखोरमा थुनिएको समचार अन्नपूर्ण पोस्ट् दैनिक र अन्नपूर्ण अनलाईनमा प्रकाशित भएपछि सहयोग जुट्ने क्रम बढेको हो।
समाचारकै आधारमा दक्षिण कोरीयामा रहेको दोलखाली समाजका दिपेन्द्र अधिकारीको सक्रियतामा ७० हजार ७ सय रुपैयाँ संकलन गरी बिहीबार एक कार्यक्रमकाबीच राष्ट्रिय समचार समितिका अध्यक्ष कुलचन्द्र वाग्लेले पीडितका आमालाई रकम हस्तान्तरण गरेका हुन।
मानसिक सन्तुलन गुमाएका भुजेलको हाल राजधानीमा रहेको कोशिस नेपालमा उपचार भईरहेको छ । यस अघि पनि भुजेललाई अष्ट्रेलियामा रहेका अमित रिजालले ५० हजार रुपैयाँ सहयोग गरिसकेका छन्।
अन्नपूर्ण पोस्ट्बाट
खोरमा थुनिएका भुजेललाई कोरियाबाट सहयोग
Posted by Unknown
Posted on 11:50 PM
with No comments
Labels:
news
0 comments:
Post a Comment