Home » » चौराहा र सन्तोषी टोल विजयी

चौराहा र सन्तोषी टोल विजयी


धनगढी-तेस्रो सगरमाथा सिमेन्ट धनगढी क्रिकेट लिगअन्तर्गत मंगलबार चौराहा र सन्तोषी टोल विजयी भएका छन ।चौराहाले क्याम्पसरोडलाई ४ विकेटर सन्तोषी टोलले अत्तरियालाई ३६ रनले हराएका थिए । चौराहा ४ अंकसाथ शीर्ष स्थानमा छ ।यसअघि चौराहाले हसनपुर रोयल्सलाई हराएको थियो।
धनगढीमा जारी डिसिएलमा मंगलबार युवा लेग स्पिनर अमन पन्थीको ह्याट्रिक विकेट लिएपछि टस जितेर ब्याटिङ गरेको क्याम्पस रोडले ७१ रनमात्रबनाउन सक्यो । अमनले चन्द्र साउद, लोकेश बम र ललितसिंह भण्डारीलाई शून्यमा पवेलियन फर्काए । क्याम्पस रोडका राजन शेरचनले २३ र सन्तोष भट्टले २२ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
अमनसँगै चौराहाका सोनु तामाङ र योगेन्द्रसिंह कार्कीले २–२ तथा किरण ठगुन्ना र भुवन कार्कीले १–१ विकेट लिए ।
चौराहाले १५.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटाएको हो । यम कार्कीले चौका प्रहार गर्दै चौराहालाई जिताए । ओपनर विपिन रावलले २४ र दीपेन्द्र थापाले २३ रन बनाए । भुवन कार्की र योगेन्द्र सिंह शून्यमै आउट भए । क्याम्पस रोडका सन्तोष भट्टले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन ओभर राख्दै ८ रन दिएका थिए । शिवराज ऐरले १विकेट पाए । म्यान अफ दी म्याच ह्याट्रिक अमन पन्थीभए ।
मंगलबारै सुनील धमलाको अर्धशतकमद्धतमा टस जितेको सन्तोषी टोलले ६ विकेट गुमाएर १सय४८ रन बनायो । ५९ रन बनाएका उनले ४४ बलमा ९ चौका र १ छक्का प्रहार गरे ।विजय राना र सुनीलले ७५ रनको ओपनिङ साझेदारी गरेका थिए । अमित साहुले १५, नरेश बुढाऐरले १४, विजय राना र युवराज थापाले समान १० रन बनाए । रोशन अधिकारीले अन्तिम ३ बलमा दुई छक्का प्रहार गरे । कप्तान राजु रिजालले ८ रनमात्रै बनाउन सके । टोलीले २० रन अतिरिक्त पाएको थियो ।
अत्तरियाका ज्ञानेन्द्र कुवँरले ४ ओभरमा १५ रन दिएर २ विकेट लिए । महबुब आलम र प्रेम तामाङले १–१ विकेट लिए ।
अत्तरियाले १९.५ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनमात्र बनाउन सक्यो । महबुब आलमले १४ बलमा ४ चौकासहित २६ रन जोडे । ओपनर सुरेन्द्र चन्दले २६, हिक्मत सेठीले १६, विनोद भण्डारीले ९ तथा ज्ञानेन्द्र कुँवरले ११ रन जोडे ।
सन्तोषी टोलकाटेकेन्द्र बोहरा र प्रकाश कार्कीले ३–३ तथा अमित बुढाले २ विकेट लिए । खेलको म्यान अफ द म्याच सुनील धमला भए। उनलाई क्याम्पसरोड टीमका सञ्चालक दीपक खड्काले ५ हजारसहित पुरस्कृत गरे ।
बिहीबार हसनपुर र क्याम्पस रोड तथा चौराहा र सन्तोषी टोलबीच प्रतिस्पर्धा हुने छन् ।
Nagarik News बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved