Home » » रेखा, करिश्मा, दीपाश्रीको शैलीमा प्रियंकाको यस्तो नृत्य

रेखा, करिश्मा, दीपाश्रीको शैलीमा प्रियंकाको यस्तो नृत्य


नायिका प्रियंका कार्कीले नेपाली चलचित्रका चर्चित नायिकाहरुले आफ्ना चर्चित चलचित्रमा लगाएको पहिरनलाई समेटेर ‘हाउ फन्नी’को एक गीतमा नृत्य गरेकी छिन् ।
‘शिरैमा सिरवन्दी’ बोलको गीतमा नायिका कार्कीलाई ३ चर्चित नायिकाको शैलीमा फिचरिङ गरिएको हो । ट्रेलरले युटुबमा राम्रो दर्शक बटुलेपछि यसको निर्माणपक्ष अहिले हौसिएको छ । बसन्त सापकाटाको संगीत र शब्द रहेको यो गीतमा मेलिना राइको स्वर छ ।
रेनशा वान्तवा राइको कोरियोग्राफी रहेको यो गीतमा नायिका कार्कीलाई पुराना हिट गीतमा देखिएका नायिकाहरुको शैलीमा उतारिएको हो । रेखा थापाले नृत्य गरेको ‘तिम्रो मन त चक्कु छुरी र तिर्खा लागे निरमाया’, करिश्मा मानन्धरले नृत्य गरेको ‘उडी उडी जान्छ’ र दीपाश्रीले नृत्य गरेको ‘गोली शिशाको’ पहिरनकै आधारमा यो गीतको भिडियो तयार पारिएको छ ।
निलु डोमा शेर्पाले निर्देशन गरेको र माल्भिका सुब्बा कार्यकारी निर्माता रहेको यो चलचित्र वैशाख १० गतेबाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की , नीशा अधिकारी , केकी अधिकारी , अनुप बिक्रम शाही, विजय बराल , शिशिर राना लगायत मुख्य भूमिकामा देखिदैछन् ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved