Home » » प्रचण्ड-बादलसँगै भागे, वैद्य महरासँग !

प्रचण्ड-बादलसँगै भागे, वैद्य महरासँग !


६ चैत, काठमाडौं । वैशाख १२को भूकम्प जाँदा प्रचण्ड-वैद्य सँगै थिए ।
धापासीस्थित वैद्य निवासमा विभाजित पार्टी एकताको प्रयासका लागि प्रचण्ड, कृष्णबहादुर महरा, बादल र वैद्य छलफलमा थिए ।
भूकम्प आइहाल्यो, प्रचण्ड-बादलसँगै भागे, वैद्यलाई महराले डोर्याएर खुला चोरमा ल्यन सहयोग गरेका वैद्यका सहयोगीले बताएको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
त्यसयता अहिले यी दुवै नेता पटक पटक पार्टी एकताको छलफलमा छन् । तर, निकास निस्किएको छैन ।
शुक्रबार मात्रै पनि जनयुद्धकालीन मुद्दा व्यूँताउने प्रयास भएको भन्दै दुवै नेता अन्य विभाजित माओवादी घटकका नेतालाई लिएर प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण गराउन पुगेका थिए ।
अनलाइनखबरबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved