फागुन २०
काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीको आधिकारिक वेबसाइट सुरु भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार वेबसाइट www.opmcm.gov.np मा लग इन गरी हेर्न सकिनेछ । वेबसाइटमा प्रधानमन्त्री ओलीसँग सम्बन्धित जानकारी लिन सकिने छ । वेबसाइटमा २०४६ सालपछिका सबै प्रधानमन्त्रीको सङ्क्षिप्त जानकारी समेत राखिएको छ । नेपालका अहिलेसम्मका सबै प्रधानमन्त्रीका बारेमा जानकारी गराउने उद्देश्य समेत प्रधानमन्त्री कार्यालयले राखेको छ ।
वेबसाइटबारे सकारात्मक सुझाव प्राप्त गर्ने विश्वास लिइएको प्रेस सल्लाहकार दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।ratopati बाट
Home »
Nepali News
» प्रधानमन्त्री ओलीको वेबसाइट सुरु
प्रधानमन्त्री ओलीको वेबसाइट सुरु
Posted by Unknown
Posted on 7:05 AM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment