२६ फागुन
म्याग्दी–मध्य म्याग्दीको पहाडको टाकुरामा पर्ने टोड्केमा महोत्सवको रौनक छाएको छ ।
कुहुँ, झिँ, पात्लेखेत, पाखापानी गाविस र बेनी नगरपालीका–१२ पुलाचौरको सिमा क्षेत्रमा पर्ने टोड्केमा मंगलबारदेखि दोस्रो टोड्के महोत्सव सुरु भएको हो । समुन्द्री सतहदेखि दुई हजार ३८० मिटरको उचाईमा अवस्थित टोड्केको पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले टोड्के क्षेत्र विकास कोषले महोत्सव आयोजना गरेको हो । महोत्सव फागुन २९ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
सुर्योदय, हिमशृङ्खला, गुरासे जंगल, पहाडी भुगोल र ग्रामिण मगर संस्कृतीको अवलोकनका हिसावले सम्भावनायुक्त टोड्के स्वर्गद्धारी आश्रमको शाखा मानिन्छ । महोत्सवमा क्षेत्रीय स्तरको पुरुष भलिबल, गाविस स्तरीय महिला भलिबल, लोकदोहोरी गी लगायतका प्रतियोगिता हुने आयोजकले जनाएका छन् । पशुपती शर्मा, मुना थापा, लाली बुढाथोकी लगायतका कलाकारहरु महोत्सवमा प्रस्तुतीका लागि टोड्केमा पुग्ने भएका छन् ।
यसैगरी विभिन्न जात जातीको झाँकी, कृषि, वन पैदावार र स्थानीय उत्पादनको प्रर्दशनी महोत्सवको थप आर्कषणका रुपमा रहेको छ । महोत्सवको अवसरमा स्वर्गद्धारी आश्रम परिसरमा शिवपुराण महायज्ञ पनि सञ्चालन हुने जनाइएको कोषका उपाध्यक्ष बाबुराम आचार्यले बताए । वि.स २०६५ मा पनि टोड्केमा प्रथम गुराँस महोत्सव भएको थियो ।
महोत्सवको संस्कृती, पर्यटन तथा नागरीक उड्ययन मन्त्री आनन्दप्रसाद पोख्रेल र पशुपंक्षि विकास राज्यमन्त्री नरदेवी पुनले उद्घाटन गरे । मन्त्री पोख्रेलले सरकारले म्याग्दी, पर्वत, बागलुङका विभिन्न पर्यटकीय स्थललाई समेटेर नयाँ पर्यटकीय गन्तब्यको विकास गर्ने योजना बनाएको जानकारी गराए ।
ग्रामिण पर्यटनको माध्यमबाट जनताको जिवनस्तर सुधार गर्न सरकारले प्राथमिकता दिएको मन्त्री पोख्रेलको भनाई थियो । अर्को फरक प्रशंगमा मन्त्री पोख्रेलले संबिधानको कार्यान्वयन, पुननिर्माण, केन्द्र, प्रदेश र स्थानीय निकायको निर्वाचन नभएसम्म वर्तमान सरकार परिवर्तन नहुने बताए ।Ratopati बाट
Home »
Entertainment
» पहाडको टाकुरामा टोड्के महोत्सवको रौनक
पहाडको टाकुरामा टोड्के महोत्सवको रौनक
Posted by Unknown
Posted on 7:58 PM
with No comments
Labels:
Entertainment
0 comments:
Post a Comment