Home » » सालनाल नझरेपछि भीमाको मृत्यु

सालनाल नझरेपछि भीमाको मृत्यु

गोरखा, २२ फागुन । बच्चा जन्माएको २४ घन्टासम्म पनि सालनाल नझरेर गोरखा केरौजा ३ उचेतकी भीमा गुरुङ गत शनिबार छट्पटाउँदै मरिन् । २२ वर्षीया भीमा उपचार नपाएरै मर्नु परेको स्थानीय सुकबहादुर गुरुङले जानकारी दिए ।
उनको बच्चा भने जिवितै रहेको स्थानीय शिक्षक सञ्जय ढकालले बताए ।
घरेलु उपचारको भरमा दिभरी पर्खेकी उनलाई अन्तिम अवस्था भएपछि एकदिनको बाटो बोकेर माछाखोला स्वास्थ्य चौकी लगिएको अन्न्पूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । तर बाटोमा नै मृत्यु भएको सुकबहादुरको भनाई छ ।
उनी भन्छन्–सुत्केरी हुन नसकेर हाम्रो दुर्गम ठाउँमा धेरै सुत्केरीले मर्नुपर्छ ।’ गाडी चल्ने ठाउँमा पुर्याउन गाउँबाट करिब दुई दिन हिँड्नु पर्ने उनको भनाई छ । ‘गाडी सोतीसम्म मात्र आइपुगेको छ, उनले भने,‘माथिका १० वटा गाविसमा बाटो छैन । गाडी चल्दैन ।’
काशीगाउँ, केरौंजा, उहिया, सिर्दिबास, बिही, प्रोक, ल्हो, सामागाउँ, चुम्चेत र घेकम्पार गाविसमा अहिलेसम्म सडक पुगेको छैन ।


Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved