Home » » इरानले पनि गर्यो मिसाईल परिक्षण

इरानले पनि गर्यो मिसाईल परिक्षण


इरानले २ वटा व्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ । इरानको सेनाले उत्तरी क्षेत्रबाट दक्षिण पूर्वी भेगतर्फ मिसाईल परिक्षण गरेको हो ।
सैन्य अभ्यासअन्तर्गत सो परिक्षण गरेको ईरानले जनाएको छ । योसंगै अमेरिकासंगको कुटनीतिक सम्बन्धमा खतरा पैदा भएको बीबीसीले उल्लेख गरेको छ । इरानले आफ्नो आणविक कार्यक्रम सिमित पारी क्रमश खुम्च्याउदै जाने प्रतिबद्धता जनाएपछि अमेरिका लगायत पश्चिमी मुलुकसंगको सम्बन्धमा केही सुधार आएको थियो ।
इरानको पछिल्लो कदमले सम्बन्धमा पुन: तिक्तता आउनसक्ने आशंका गरिएको छ ।
यसैबीच इरानको पछिल्लो कदमले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको प्रस्तावनाको उल्लंघन भएको विज्ञहरुले बताएका छन् । इरानले भने आफुसंगा आणविक हतियार नभएको भन्दै क्षेप्यास्त्रसम्बन्धी गतिविधि भने जारी राख्ने बताएको छ । News24Nepal.com बाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved