Home » » ‘गगन थापाले राजनीतिबाट आत्महत्या गरे’

‘गगन थापाले राजनीतिबाट आत्महत्या गरे’


काठमाडौं, २३ फागुन । नेपाली कांग्रेसको १३ औं महाधिवेशनको मतदान चलिरहेका बेला गगन थापामाथि गम्भीर आरोप लागेको छ ।
वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीका उम्मेदवार रहेका नेता अर्जुननरसिह केसीले आफ्नो एक अन्तर्वार्ताका क्रममा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीका उम्मेदवार गगनलाई गम्भीर आरोप लगाएका हुन् ।
उनले गगनलाई राजनीतिक रुपमा आत्महत्या गर्ने निर्णय लिएको आरोप लगाएका हुन् । ‘गगन थापाले राजनीतिक रुपमा आत्महत्या गर्नुभो,’ गगनका ससुरासमेत रहेका केसीले भने ।
गगन थापा हार्ने निश्चित छ भन्दै उनले हारमा कुनै फरक नपर्ने बताए । केसीले भने- ‘म स्टेप बाई स्टेप आएको मान्छे । उहाँ हिजो आउनुभएको युवा त्यसकारण जित्ने अवस्था देख्दिन् ।’ उनले पार्टीमा रहेको भागवण्डा समाप्त पार्न र पार्टीलाई एक बनाउन देउवा प्यानलमा गएको बताए । दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved