Home » » के–के हुँदैछ भृकुटीमण्डपभित्र, खुट्टा टेक्नै मुश्किल

के–के हुँदैछ भृकुटीमण्डपभित्र, खुट्टा टेक्नै मुश्किल


काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र सुरू भएको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिषरमा रहेको हलभित्र कांग्रेसको बन्दसत्र सुरू भएको हो । बन्दसत्रमा महामन्त्री प्रकाशमान सिंहले आफ्नोतर्फबाट प्रतिवेदन पेश गर्नुभएको छ ।
केन्द्रीय सदस्य प्रकाश शरण महतका अनुसार समग्र विषय समेटिएको प्रतिवेदनलाई बन्दसत्रमा महामन्त्री सिंहले पेश गर्नुभएको हो । प्रतिवेदनमा रहेका विषयमा उहाँले केही बताउनुभएन ।
यसैबीच, कांग्रेसको बन्दसत्र भृकुटीमण्डपमा भइरहेका बेला बाहिर सडकमा भने पदाधिकारी र केन्द्रीय सदस्यका उम्मेदवारहरूका समर्थकले नारावाजी गरेका छन् । उनीहरूले आआफ्ना उम्मेदवारका पक्षमा मतदान गर्न नावाराजी गरेका हुन् ।
उल्लेख्य नेता तथा कार्यकर्ताको सडकमा भीड जम्मा भएपछि सर्वसाधारणलाई सो क्षेत्र भएर हिँड्न समस्या परेको गुनासो बढेको छ ।
प्रदर्शनीमार्गमा कांग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य भीडभएपछि प्रहरीले सवारी साधनलाई सो क्षेत्रमा रोक लगाएको छ । प्रहरीले कडा चेकजाँच गरेर मात्रै सो क्षेत्रमा प्रवेश गर्न दिने गरेको छ । दैनिक नेपाल डट कमबाट

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved