Home » » त्रिभुवन विमानस्थलमा गोमाको विमान चरासँग ठोक्कियो

त्रिभुवन विमानस्थलमा गोमाको विमान चरासँग ठोक्कियो

काठमाडौं, १९ फागुन । लगातार विमान दुर्घटनाका खबरले सर्वसाधारण त्रसित भइरहदा बुधबार थप एक विमान दुर्घटनामा परेको छ ।
यद्यपी उक्त जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
आज बिहान काठमाडौंबाट लुक्लाका लागि उडेको गोमा एयरको जहाज ठूलो दुर्घटनाबाट जोगिएको हो । विमानस्थलबाट उड्ना साथ जहाज चरासँग ठोक्किएको थियो ।
चरासँग ठोक्किएपछि पाइलटले तुरुन्तै आकस्मिक अवतरण गरेपछि ठूलो दुर्घटनाबाट जोगिएको विमानस्थल स्रोतले जनाएको छ ।
बिहान ८ बजेर ४६ मिनेट जाँदा चील ठोक्किएको जहाजमा सबै यात्रुलाई पाइलटले आकस्मिक अवतरण गरी जोगाएका छन् ।
उक्त जहाजमा ९ जना यात्रु सवार थिए ।
जहाजमा सवार सबै सकुसल रहेको गोमा एयरका प्रबन्ध निर्देशक मनोज कार्कीले बताए ।
जहाजसँगै चराहरु पनि एक्कासी उडेपछि विमानमा ठोक्किएको बताइएको छ । चरा विमानको दायाँ पखेटामा ठोक्किएको थियो । चरा ठोक्किएपछि विमानको पखेटा सामान्य कुच्चिएको छ । विमानमा चरा ठोक्किएपछि उडान रद्द गरिएको छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved