Home » » घर, कार्यालयमा सोलार जडान गर्नेलाई ५० प्रतिशत छुट दिने तयारी

घर, कार्यालयमा सोलार जडान गर्नेलाई ५० प्रतिशत छुट दिने तयारी


काठमाडौं ११ फागुन । सरकारले सौर्य उर्जा जडान गर्नेलाई ५० प्रतिशतसम्म छुट दिने भएको छ ।लोडसेडिङले हैरान भएका नागरिकलाई जनसहभागितामा आधारित नवीकरणीय उर्जामार्फत सरकारले लगाएको ५० प्रतिशत छुट दिने भएको छ ।
सरकारले व्यक्तिगतरुपमा घरमा जडान गर्ने देखि संघसंस्था र कार्यालयसमेतलाई छुट दिने गरी यस्तो योजना ल्याएको हो ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नवीकरणीय उर्जाका माध्यमबाट स्थानीय उर्जा आवश्यकता पूरा गर्ने उदेश्यले यस्तो योजना ल्याएको हो ।
मन्त्रालयले स्विकृतिका लागि मन्त्रिपरिषदमा पुर्याएको यो प्रस्ताब अब बस्ने बैठकले अनुमोदन गरेपछि तत्काल लागू हुनेछ । यो योजना चरणबद्ध रुपमा देशभरका सबै गाविस र नगरपालिकामा सञ्चालन हुने छ ।आजको अन्नपूर्ण पोष्ट दैनकिमा खबर छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved