फाल्गुन १२, २०७२- पोखरबाट जोमसोमको लागि उडेको कल साइन 9NAHH भएको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ । पोखरा विमानस्थलबाट बुधबार बिहान ७ बजेर ५० मिनेटमा जोमसोमको लागि उडेको जहाज सम्पर्कबिहीन भएको हो।
पोखरा विमानस्थलका प्रशासकीय अधिकृत काशीनाथ पौडेलका अनुसार जहाजमा जम्मा २३ जना सवार थिए । चालकदलका तीन सदस्य र २० जना यात्रु थिए । जसमा विदेशी दुइ जना रहेका छन् ।
रोशन मानन्धरले उडाएको उक्त जहाज खोजीको लागि पोखरबाट दुइवटा हेलिकप्टर पठाइएको छ । मानन्धर वरिष्ठ पाइलट हुन् । यसैगरी को-पाइलट डी नेम्कुल र एयरहोस्टेस रमा रावल रहेका छन् ।
पौडेलका अनुसार पोखरा टावरसाग ८ बजे अन्तिम सम्पर्क भएको थियो । उनका अनुसार म्याग्दीको रुप्से झरनाको आसपासमा जहाज दुर्घटना भएको आशंका गरिएको छ । उक्त सम्भावित क्षेत्रतर्फ खोजी कार्यको लागि हेलिकप्टर पठाइसकिएको छ ।
ताराले पनि जहाज हराएको जानकारी आएको बताएको छ ।
Home »
Nepali News
» पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन
पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कबिहीन
Posted by Unknown
Posted on 8:13 PM
with No comments
Labels:
Nepali News
0 comments:
Post a Comment