Home » » एका बिहानै दरबारमार्गमा आगलागी

एका बिहानै दरबारमार्गमा आगलागी


फागुन १७
काठमाडौं–दरबार मार्गको एक रेस्टुरेन्टमा सोमबार बिहान आगलागी भएको छ । दरबार मार्गस्थित वीम्पी रेस्टुरेन्टमा भएको हो । आगलागीबाट झण्डै ४० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरी सहायक निरीक्षक दिलिप कुमार हुमागाईंका अनुसार बिहान ३ः२० मा आगलागी भएको हो । १ घण्टाभन्दा बढि समयसम्म आगलागी भएको थियो । आगो दमकल तथा प्रहरीको मद्दतमा बिहान ४ः४० मा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगो लागिएको भनिएपनि आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीको क्षतिबारे पूर्ण विवरण भने आउन बाँकी छ ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved