Home » » जर्मन युवतीको दाबीः दिल्लीमा अटो ड्राइवर बलात्कार गरे

जर्मन युवतीको दाबीः दिल्लीमा अटो ड्राइवर बलात्कार गरे


१५ फागुन, काठमाडौं । जर्मनीकी एक युवतीले २०१५ डिसेम्बरमा दिल्लीमा अटो ड्राइवरले आफूलाई बलात्कार गरेको बताएकी छन् ।
उनले महिला आयोगमा उजुरी दिएकी छन् र, ड्राइवर र उनका साथीले कुटपिट गरेको आरोप पनि लगाएकी छन् ।
आयोगका अनुसार पीडित युवतीले दिल्ली महिला आयोगमा ५ फेब्रुअरीमा इमेल पठाएर उजुरी गरेकी हुन् । आयोगको आग्रहमा उनी १९ फेब्रुअरीमा आयोगमा आएकी थिइन् ।
एक च्यारिटीका लागि काम गर्न भारत आएकी उनलाई अटोबालाले बलात्कार गरेको बताइएको छ । उनका अनुसार राति होटलबाट निस्किएपछि बाटो बिराएको र बाटोमा अटो ड्राइवरलाई बाटो सोधेकी थिइन् ।
अटोबालाले होटलमा पुर्याउनुको सटो एक अध्यारो ठाउँमा लागेर कुटपिट गर्नुका साथै बलात्कार गरे । उनी त्यहाँबाट निस्किएर अर्को गल्लीमा पुगिन् । तर, त्यहाँ पनि त्यही अटो ड्राइकर पुगे । उनीसँग अरु मानिस पनि थिए । उनीहरुले फेरि अटोमा ल्याएर दुव्र्यवहार गरे ।
घटनापछि फुटपाथमा बसिरहेका उनलाई एक व्यक्तिले केही नबताइ होटलसम्म पुर्याएका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved