Home » » अब व्यक्तिगत भिसामा श्रम स्वीकृति नदिइने !

अब व्यक्तिगत भिसामा श्रम स्वीकृति नदिइने !

काठमाडौं, १० फागुन । संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले व्यक्तिगत भिसामा श्रम स्वीकृति दिने काममा कडाई गर्न आइतवार सरकारलाई निर्देशन दिएको छ ।
समितिको आइतबार बसेको बैठकले व्यक्तिगत भिसामा त्यसरी दिइने श्रम स्वीकृतिको दुरुपयोग भएको, कामदारको शोषण भएको भन्ने गुनासो बढेपछि त्यसमा कडाई गर्न समितिले निर्देशन दिएको हो । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।
समितिले सरकारलाई वैदेशिक रोजगार ऐन २०६४ तथा वैदेशिक रोजगार नियमावली २०६४ मा उल्लेखित मापदण्ड पूरा गरेरमात्र त्यस्तो भिषामा श्रम स्वीकृति दिन निर्देशन दिएको छ ।
समिति बैठकमा श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा, वैदेशिक रोजगार विभागका महानिर्देशक केदार बोगटीसहितलाई बोलाई सांसदहरुले त्यस्तो श्रम स्वीकृति, डिमाण्ड लेटर स्वीकृति, स्वास्थ्य परिक्षण, त्यस्तो परिक्षण गर्ने संस्थाको नवीकरण र अनुगमन लगायतमा विभिन्न प्रश्न राखेका थिए ।

Share this News :

0 comments:

Post a Comment

 
Support : Copyright © 2013. Nepali Sansar - All Rights Reserved